• गृहपृष्ठ
  • गैर आवासीय नेपाली लाई लक्षित गरी ग्लोबल आइएमई बैंकले ल्यायो नयाँ खाता

गैर आवासीय नेपाली लाई लक्षित गरी ग्लोबल आइएमई बैंकले ल्यायो नयाँ खाता

Oct 8th, 2019

काठमाडौं, ११ अस
गैर आवासीय नेपालीलाई लक्षित गरी ग्लोबल आइएमई बैंकले चार वटा नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ । चार नयाँ खाताहरुमा ग्लोबल एनआरएन एफसिवाई मुद्दति निक्षेप खाता र ग्लोबल एनआरएन एफसिआई बचत खाता रहेका छन् ।

अमेरिकी डलरमा खोल्न सकिने एनआरन बचत खातामा तथा मुद्दति निक्षेप वार्षिक चार प्रतिशतसम्म व्याज प्रदान गरिने छ । त्यस्तै नेपाली मुद्रामा खोलिन एनआरएन एफसिआई मुद्दति निक्षेपमा नौ दसमलव २५ प्रतिशतसम्म तथा बचत खातामा वार्षिक छ प्रतिशतसम्म ब्याज प्रदान गरिने बैंकले जनाएको छ ।

उक्त खाता सञ्चालकहरुलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिंदा लाग्ने वार्षिक शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिनुका साथै खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने छ । अनलाइनबाट पनि खोल्न मिल्ने उक्तखाता सञ्चालकहरुलाई विदेशी मुद्रा सटहीमा पनि विशेष प्रिमियम प्रदान गरिने छ ।

एफसीवाई मुद्दति खाताहरु दुई वर्षदेखि तीन वर्षसम्मको अवधिको हुनेछभ ने यसमा न्यूनतम् मौज्दात १०,००० अमेरिकी डलर रहेको छ । हाल आफ्ना १४५ शाखा, ३० वटा एक्टेन्सन तथा राजश्व संकलन काउण्टर, १८५ शाखा रहित बैंकिङ्ग सेवा, १४८ एटीएम र ३ वटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय मार्फत ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।