• गृहपृष्ठ
  • सिटिजन्स बैंकको १३ औं वार्षिक साधारण सभा सम्पन्न

सिटिजन्स बैंकको १३ औं वार्षिक साधारण सभा सम्पन्न

Oct 8th, 2019

काठमाडौं ११ असोज
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १३ औं वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष डा.शंकर प्रसाद शर्माको अध्यक्षतामा अमृतभोग, कालीकास्थान, डिल्लीबजार, काठमाण्डौमा सम्पन्न भएको छ । सो अवसरमा आ.व. २०७५/७६ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ ।

बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०७६ आषाढ मसान्तको वासलात, आ.व. २०७५/७६ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ । त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०७५/७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने रकमरु. १,००,४५,२७,७७३ /- नगद लाभांश र ३ प्रतिशतले हुने रकम रु. २५,११,३१,९४३ /- बरावरको बोनस शेयर दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्नेमा विश्वास दिलाउदैँ भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्न सक्ने विश्वास सभालाई गराए  । साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित अन्य महानुभावहरुले पु¥याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै भविष्यमा समेत सहयोग प्राप्त हुनेमा आशा प्रकट गरे ।

सभाले संस्थापक समूह अन्र्तगत राजनसिंह भण्डारी, प्रवलजंग पाण्डे र सजन शर्मालाई निर्विरोध निर्वाचित गरेको छ । यसै गरी सर्वसाधारणको तपÞर्m भएको निर्वाचनबाट सीता कार्की (के.सि.) निर्विरोध निर्वाचित हुनु भएकी छन । साधारण सभा पछि सोही दिन बसेको संचालक समितिको ३१४ औं बैठकले राजन सिंह भण्डारीलाई अध्यक्षको रुपमा मनोनयन गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७५।७६ मा रु. ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधिभित्र रु १ अर्ब ४६ करोड खुदमुनाफा आर्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट “ख”वर्गको इजाजतप्राप्त संस्था सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको जनाएको छ । संघीयतालाई दह्रो  र सहज बनाउन भूमिका निर्वाह गरेको बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १३ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडी सारेको जनाएको छ ।

बैैकले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादनगर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।