• गृहपृष्ठ
  • एनआई सी एशिया क्यापिटलले एक्सप्रेस डिम्याट सेवा सुरु

एनआई सी एशिया क्यापिटलले एक्सप्रेस डिम्याट सेवा सुरु

Oct 8th, 2019

काठमाडौ, १० असोज 
एनआई सी एशिया क्यापिटल लिमिटेडले एक्सप्रेस डिम्याट सेवा सुरु गरेको छ । कम्पनीले आफ्नो तेश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको अवसरमा सेवाग्राहीहरुको घर/कार्यालयमै गई डिम्याट खाता खोलि दिने गरी उक्त व्यवस्था मिलाएको हो । 

क्यापिटलले २०७६ साल वैशाख १ गतेदेखि सुरु गरेको “एक नेपाली, एक डिम्याट खाता” अभियानलाई प्रभावकारी बनाई अहिलेको व्यस्त समयमा सेवाग्राहीहरुलाई घर दैलोमा नै पुगि डिम्याट सेवा उपलब्ध गराई व्यक्तिको सवल आर्थिक भविष्यको लागि लगानीको महत्व तथा डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर राख्दै एक्सप्रेस डिम्याट सेवा को अभियान थालनी गरेको बैंकले जनाएको छ । 

बैंकका अनुसार यो सेवा प्राप्त गर्नको लागि कम्पनीको सम्पर्क नम्बर ९८५११२२९९४ मा सोझै कल वा मिसकल गर्न सकिनेछ । साथै उक्त सेवामा सहभागी हुन कम्तीमा तीन जना व्यक्तिहरुको समुह हुनुपर्नेछ । हाललाई यो सेवा काठमाडौं उपत्यका भित्रको लागि मात्र उपलब्ध हुने बैंकले जनाएकोे छ ।