• गृहपृष्ठ
  • सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा भोजपुर नगरपालिकाको हेलौंछामा

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा भोजपुर नगरपालिकाको हेलौंछामा

Oct 8th, 2019

काठमाडौं, ९ असोज
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवाविस्तार गरेको छ । यसै क्रममा बैंकले भोजपुर जिल्लाको भोजपुर नगरपालिकाको हेलौंछामा यहि असोज ७ गतेबाट १०२औं, शाखारहित बैंकिङ्ग सेवाआरम्भ गरेको छ ।

सो शाखारहित बैंकिङ्ग सेवाको उद्घघाटन जिल्ला समन्वय समिति भोजपुरका सदस्य टंक बहादुर तामाङ, भोजपुर नगरपालिका वडा नं. २ का अध्यक्ष  कुमार राई तथा सोही नगरपालिका वडा नं. १ का अध्यक्ष बिष्णु कुमार भुजेलले दिप प्रज्वलन गरी संयुक्तरुपामा उद्घाटन गरेका हुन् । उक्त समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी लक्ष्मी किराना पसलका प्रोप्राइटर सन्तोष कट्वाललाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

उक्त शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रतिविश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । बैकले हाल ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र एक सय दुई  वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।