• गृहपृष्ठ
  • ग्लोबल आइएमई बैंक र नेपाल खुला विश्वविद्यालयबिच शुल्क सङ्कलन सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र नेपाल खुला विश्वविद्यालयबिच शुल्क सङ्कलन सम्बन्धी सम्झौता

Oct 8th, 2019

काठमाडौं, ९ असोज 
ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल खुला विश्व विद्यालयबिच शुल्क सङ्कलन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा विश्व विद्यालयको तर्फबाट कुल सचिब कमल ढकाल र बैंकको तर्फबाट बैंकका कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले हस्ताक्षर गरेकी छन् । 

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकमा खाता खोलि सकेपछि नेपाल खुला विश्वविद्यालयका विद्यार्थीहरुले बैंकको मोबाइल एप्लीकेशन तथा अनलाइन बैंकिङ्ग मार्फत शुल्क तिर्न सकिने बैंकले जनाएको छ ।