• गृहपृष्ठ
  • जिल्ला प्रशासन कार्यलयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

जिल्ला प्रशासन कार्यलयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

Oct 8th, 2019

हेटौँडा ९ असोज
प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा मकवानपुर जिल्लाको हेटाैँडा उप–महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । हेटौँडास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको असोज नौ गते बिहिबार जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकृत प्रेमराज जोशीले एक समारोहकाबिच उद्घाट्न गरेका हुन् । 

जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा  रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको बैंकले जनाएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।