• गृहपृष्ठ
  • एनआईसी एशिया क्यापिटलको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एशिया क्यापिटलको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

Oct 8th, 2019

काठमाडौं, ९ असोज 
एनआईसी एशिया क्यापिटल लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको यही असोज ८ गते बुधबार क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडाैंमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।  सभाले साधारण प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७५/०७६को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै अषाढ मसान्त, २०७६ सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरि पारित गरेको छ । साथै सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ११ प्रतिशतका (कर सहित) दरले हुन आउने दुई करोड २० लाख रुपैयाँ नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।  

छिटो तथा ग्राहकमुखी सेवा दिंदै क्रमिकरुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको कम्पनीले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै एनआई सी एशिया बैंक म्युचुअल फण्ड अन्तरर्गतको सामूहिक लगानीकोष योजना एनआई सी एशियाग्रोथ फण्ड तथा एनआई सी एशिया ब्यालेन्सड् फण्ड संचालन गरिरहेको छ ।