• गृहपृष्ठ
  • संविधान दिवस भव्यतापूर्वक मनाउँदै नेपाल बैंक

संविधान दिवस भव्यतापूर्वक मनाउँदै नेपाल बैंक

Oct 8th, 2019

काठमाडौं, २ असोज
नेपाल बैंक लिमिटेडले संविधान दिवस २०७६ खुल्ला रक्तदान, सार्वजनिक स्थल सरसफाई, दीपावली, प्रभात फेरी, संविधानविदसँंग अन्तरक्रिया तथा नयां कर्जा सेवा शुभारम्भ लगायतका  विविध कार्यक्रमको आयोजना गरि मनाइरहेको छ । यस सिलसिलामा बैंकद्घारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा सरिक रक्तदाताहरुलाई बंैकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले एक समारोहकाबीच प्रमाणपत्र प्रदान गरेको बैंकले जनाएको छ । 

उक्त रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए । यसै उपलक्षमा असोेज ३ गते बैंकद्वारा काठमाडौं न्युरोडस्थित आफ्नो प्रधान कार्यालय परिसर, भुगोलपार्क तथा त्यस वरपर सरसफाई, बैंक कर्मचारीको सहभागितामा बाजागाजा तथा राष्ट्रिय झण्डासहित भव्य प्रभात फेरी तथा  वरिष्ठ संविधानविदँंग नेपालको वर्तमान संविधानबारे अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने बैंकले जनाएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को उपलक्ष्यमा नेपाल बैंकले सम्बृृृद्धि व्यवसाय कर्जा, सेवाग्राही कर्जा तथा वातावरणीय मैत्री विद्युतीय सवारी साधन (अटो ) खरिद निम्ति कर्जा (ग्रिन फाइनान्सिङ्ग ) लगायतका नयाँ कर्जा सेवाहरुसमेत सुरुवात गरेको छ । राष्ट्रिय संविधान दिवश २०७६ उल्लासमय ढंगले मनाउने क्रममा अशोज १ देखी ४ गते सम्म प्रधान कार्यालय एवं विभिन्न प्रादेशिक तथा शाखा कार्यालयहरुमा दीपावलीका साथै राष्ट्रिय झण्डा फहराउने कार्यक्रम समेत रहेको छ । 

यसअघि संविधान दिवस २०७६ चार दिवशीय रुपमा भव्यतापूर्वक मनाउन बंैकले का.मु. सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीको संयोजकत्वमा बैंकका वरिष्ठ अधिकारीहरु सम्मिलित पाँच सदस्यीय संविधान दिवश समारोह समिति गठन गरेकोमा सो समितिको सक्रियतामा संचालित विविध कार्यक्रमहरुमा बैंक कर्मचारीको उत्शाहपूर्ण सहभागिता रहेको छ ।