• गृहपृष्ठ
  • ग्लोबल आइएमईको कार्डबाट जुनसुकै पस मार्फत कारोबार गर्न मिल्ने

ग्लोबल आइएमईको कार्डबाट जुनसुकै पस मार्फत कारोबार गर्न मिल्ने

Oct 8th, 2019

काठमाडौं, २ असोज 
ग्लोबल आइएमई बैंकको कार्डहरुबाट देश र विदेशमा रहेका जुनसुकै चिपमा आधारित प्वाइन्ट अफ सेल मेशिनबाट कारोबार गर्न मिल्ने सेवा पुनः सुचारु भएको छ । यस सँगै बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्डवाहकले चिपमा आधारित सम्पूर्ण प्वाइन्ट अफ सेल  (पस) मेशिनहरुबाट कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस बैंकको एटीएमहरुमा यसै बैंकबाट जारी कार्डहरु मात्र प्रयोग गरी नगद झिक्न सकिने सेवा भने यथावत रहेको छ । 

बैंकबाट सम्पूर्ण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी गर्दे बैंकको कार्ड सम्बन्धी अन्य सेवाहरु पनि यथाशीघ्र सुचारु गराउन प्रतिबद्ध रहेको बैंकले जानकारी दिएको छ । बैंकको हाल एक सय ४८ वटा एटीएम र एक सय २० प्वाइन्ट अफ सेल मेशिनहरु रहेका छन् ।