• गृहपृष्ठ
  • नेपाल इन्भेष्टमेन्ट बैंक र रेडक्रस सोसाईटीबिच सम्झौता

नेपाल इन्भेष्टमेन्ट बैंक र रेडक्रस सोसाईटीबिच सम्झौता

Oct 8th, 2019

काठमाडौं, १ असोज 
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) र नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस) बीच बैंकको जारी गठित सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रबद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 

सो सहमतिपत्र हस्ताक्षर गर्नुका साथै बैंकका प्रतिनिधीहरुद्घारा नेपाल रेडक्रस व्यवस्थापनलाई पाँच लाखको चेक हस्तान्तरण गरिएको थियो । रक्तदान/संकलन, सचेतना तथा स्वस्थ्य जीवनलाई सुधार तथा प्रबद्र्धनका लागि आवश्यक ज्ञान अभिवृद्धि गर्ने शिक्षामूलक प्रेरणादायी कार्यक्रमहरू सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले नेपाल रेडक्रसलाई यो आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ ।

विगतदेखि नै यस्ता किसिमका स्वास्थ्य हेरचाहका गतिविधिहरूमा पहल गर्दै आएको छ र सामाजिक विकासका साथसाथै त्यसमा व्यक्तिगतरुपमा सचेत रस्वस्थ्य व्यवहार सामेल गराउन आफ्नो भूमिका निर्वाह गर्ने यसको उद्देश्य रहेको  एनआईबीएलले जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) ले ८२ शाखा, १२० एटीएम, १५ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ । बैंकले सेवा र व्यवसायमा उदाहरणीय कार्य गरेबापत पाँच पटक ‘बैंक अफ द इयर’ अवार्डका साथै अन्तर्राष्ट्रिय प्रकासन युरोमनीद्वारा ‘युरोमनी अवार्ड फर द बेस्ट बैंक २०१८’ अवार्डद्वारा समेत सम्मानित भइसकेको र साथै आइक्रा नेपाल (इन्टरनेसनल क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ए प्लसको क्रेडिट रेटिङ गरेको एनआईबीएलले जनाएको छ ।