• गृहपृष्ठ
  • प्रधानमन्त्री ओलीद्वारा प्रधानमन्त्री निवासको शिलान्यास

प्रधानमन्त्री ओलीद्वारा प्रधानमन्त्री निवासको शिलान्यास

Oct 7th, 2019

काठमाडौं, २ असोज
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवासको बालुवाटारमा आज शिलान्यास गर्नुभएको छ । साविककै निवास रहेको ठाउँमा अत्याधुनिक नयाँ भवन नौ महिनामा निर्माण सम्पन्न भइसक्ने गरी आज शिलान्यास भएको हो । पहिला बनेको भवन राज्य सञ्चालनका लागि उपयुक्त नभएकोले पनि नयाँ भवनको आवश्यकता परेको प्रधानमन्त्री ओलीले बताउनुभयो । 

“देशको शासन,प्रशासन,विकास निर्माण परामर्श,कुटनीति सम्बनधलाई प्रभावकारी बनाउनका लागि पनि अत्याधुनिक भवनको आवश्यकता थियो” प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब निर्माण हुने भवनले शताब्दीसम्म नेपालका प्रधानमन्त्रीको त्यो आवश्यकता पुरा गर्नेछ । ”करिब ३० करोड लागतमा प्रधनमन्त्री निवास निर्माण हुने भएको हो ।