• गृहपृष्ठ
  • नेपाली राजदूतावास कायरो, इजिप्टमा एक विशेष स्वागत

नेपाली राजदूतावास कायरो, इजिप्टमा एक विशेष स्वागत

Oct 7th, 2019

काठमाडौं, २ असोज
नेपाली राजदूतावास कायरो, इजिप्टमा एक विशेष स्वागत समारोहको आयोजना गरी नेपालको राष्ट्रिय दिवस यही असोज एक गते मनाएको छ । उक्त समारोहमा प्रमुख अतिथिको रुपमा सहायक परराष्ट्र मन्त्री हानी सलिम सहभागी हुनुभएको थियो भने अन्य अतिथिहरुमा सरकारका उच्च पदस्थ पदाधिकारीहरु, कूटनैतिक नियोगका नियोग प्रमुखहरु, अन्तराष्ट्रिय संघ संस्थाका प्रमुखहरु, संचार कर्मीहरु, व्यवशायी तथा व्यापारिक समूदाय, नेपाली समूदाय, नेपालका मित्रहरु, अवैतनिक वाणिज्यदूतहरु तथा राजदूतावासका पदाधिकारी तथा परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसअघि आजै विहान इजिप्टका राष्ट्रपतिका विशेष प्रतिनिधिका रुपमा च्याम्बर लिन अब्देल अजिज अल सरिफले नेपाली राजदूतावासमा आएर महामहिम राजदूतलाई भेटगरी इजिप्टका राष्ट्रपतिका तर्फबाट नेपालका सम्माननीय राष्ट्रपति, नेपाली जनता र नेपाली राजदूतावास परिवारलाई राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए । 

राष्ट्रिय दिवसको अवसरमा अतिथिहरुलाई स्वागत गर्दे महामहिम राजदूत झविन्द्र प्रसाद अर्यालले आफ्नो बक्त्वय मार्फत नेपालको संविधानका विशेषताहरु, द्बिपक्षीय सुमधुर संबन्ध, व्यापार, लगानी तथा पर्यटनका क्षेत्रमा विस्तार गर्न सकिने संभावनाहरु तथा नेपालले सन् द्दण्द्दण् लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागेको संबन्धमा विशेष मन्त्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएको परराष्ट्र सहायक मन्त्रीले यस अवसरमा इजिप्ट सरकारको तर्फबाट शुभकामना  व्यक्त गर्दै नेपाल र इजिप्ट वीचका संबन्धहरु विगत छ दशक भन्दा बढी समयदेखि परिपक्क हुदै आएका बताएका छन् । 

दुवै देशका राष्ट्रिय धुनहरु वजाई शुरु भएको उक्त कार्यक्रममा नेपालका सांस्कृतिक धरोहरहरु, सुन्दर भौगोलिक दृष्यहरु, पर्यटकीय तथा सांस्कृतिक झलकहरु, नेपालका वन्य जन्तु आदि ठूलो विधुतीय पर्दामा प्रस्तुत गरिएको थियो । नेपाली कलाकारहरुले सो अवसरमा लोक नृत्य प्रस्तुत गरेका थिए ।

महामहिम नेपाली राजदूत तथा विशेष अतिथिद्वारा संयुक्तरुपमा यस विशेष अवसरको केक काटिएको थियो । कार्यक्रममा संपूर्ण अतिथिहरुलाई रात्रिभोजको व्यवस्था गरिएको थियो । स्थानीय प्रसिद्ध अंग्रेजी दैनिक इजिप्सीयन गजेटको एक पूर्ण पृष्ठमा नेपाल संबन्धी महत्त्वपूर्ण जानकारीहरु, व्यापार, लगानी, पर्यटनका अवसरहरु सन् २०२० को नेपालको विशेष भ्रमण वर्ष तथा राजदूतको मन्त्तव्य प्रकाशित गरिएको थियो ।