• गृहपृष्ठ
  • शिवसेना नेपालका अध्यक्षलाई रिहा गर्न राप्रपाकाे माग

शिवसेना नेपालका अध्यक्षलाई रिहा गर्न राप्रपाकाे माग

Oct 7th, 2019

काठमाडौं, १ असोज
गत शुक्रबार इन्द्रजात्राको दिन शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायतका व्यक्तिलाई शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा पक्राउ गरि हिरासतमा लिइएको र आजसम्म पनि हिरासत मुक्त नगरिएको घटनालाई गम्भीरतापूर्वक लिएको राप्रपाले जनाएको छ ।

शान्तिपूर्ण ढंगबाट विरोध गर्न पाउने लोकतान्त्रिक अधिकार संविधानले प्रत्याभूत गरेको सबैमा विदितै भएको र संविधानको रक्षा गर्न बसेको सरकारले आफैं नागरिकको संवैधानिक अधिकार हनन गर्ने गरि भएको यो दुर्व्यबहार प्रति निन्दा गरेको र हिरासतमा रहेका बस्नेत लगायतका विरोध प्रदर्शनकारीलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको राप्रपाले जनाएको छ ।