• गृहपृष्ठ
  • अमेरिकी राजदूतद्वारा पूर्व प्रधानमन्त्री नेपालसँग भेट

अमेरिकी राजदूतद्वारा पूर्व प्रधानमन्त्री नेपालसँग भेट

Oct 7th, 2019

काठमाडौं, ९ साउन
नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्वप्रधान मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवम् वैदेशिक मामिला विभाग प्रमुख माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । 

आज बिहान पूर्व प्रधानमन्त्री नेपालको नीजि निवास कोटेश्वरमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्धको लामो इतिहासको स्मरण गर्दै विकसित पछिल्ला घटनाक्रमहरु, नेपालका लागि अमेरिकी सहयोग, नेपालको विकासको संभावनाहरु तथा दुई देश बीचको पारस्पारिक सम्बन्धका विविध पक्षमा कुराकानी भएको हो । आजको भेटवार्ताले दुई देशबीचको कुटनीतिक सम्बन्धमा थप सकारात्मक योगदान दिने जनाइएको छ ।