जर्मनी टोलीद्वारा भक्तपुरको अवलोकन

Oct 7th, 2019

भक्तपुर, १८ असोज (रासस)

नेपालको भ्रमणमा रहेका जर्मनको आर्थिक सहायता तथा विकाससम्बन्धी सङ्घीय मन्त्रालय एशिया विभाग प्रमुख नोबोर्ट बाथ्र्लेको नेतृत्वको टोलीले आज भक्तपुरको दरबार स्क्वायर क्षेत्रको अवलोकन भ्रमण गरेको छ ।

प्रतिनिधिमण्डललाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भादगाउँले टोपी लगाइदिएर भक्तपुरको दरबार स्क्वायरमा स्वागत गर्नुभयो । जर्मन टोलीले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वको सम्पदाहरु कला सङ्ग्रहालय, दरबार क्षेत्र, तलेजु, पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको स्थलगत अवलोकन गरेको छ ।
 
सो अवसरमा प्रमुख प्रजापतिले भक्तपुरको विकासमा जर्मन सरकारले पु¥याएको सहयोगको प्रशंसा गर्दै नेपाल सरकार र जर्मन सरकारबीचको सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गर्नुभयो । भक्तपुरले सांस्कृतिक पहिचानलाई जोगाउन प्रयास गरिरहेको, भक्तपुर प्रवेश गर्ने पर्यटकहरुसँग शुल्क उठाएर शिक्षा, स्वास्थ्यका साथै सांस्कृतिक सम्पदाहरुको पुनःनिर्माणमा खर्च गरिरहेको उहाँले बताउनुभयो । 

प्रमुख नोबोर्ट बाथ्र्लेले भूकम्प गएपछि भक्तपुरको संरचना पुनःनिर्माणको लागि तत्काल सहयोगको घोषणा गरेको बताउँदै दुई देशबीचको आपसी सम्बन्ध अझ राम्रो हुँदै जानेमा विश्वास व्यक्त गर्नुभयो । भक्तपुर नगरपालिकाले गरिरहेको सम्पदा पुनःनिर्माणबाट आफूहरु निकै प्रभावित भएको र यहाँका सम्पदाहरु अद्वितीय रहेको बताउनुभयो ।