• गृहपृष्ठ
  • नेकपा सचिवालय बैठक :सभामुखलाई राजीनामा दिन नेकपाको सुझाव

नेकपा सचिवालय बैठक :सभामुखलाई राजीनामा दिन नेकपाको सुझाव

Oct 7th, 2019

प्रकाश सिलवाल
काठमाडौँ, १४ असोज (रासस)

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई नैतिक आचरणमा प्रश्न उठेकाले पदबाट राजीनामा दिन सुझाव दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिएर छानवीन प्रक्रियालाई सघाउनु उचित हुने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

सभामुखको नैतिक आचरणका सम्बन्धमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण गर्दै नेकपाले सो निर्णय गरेको हो ।