नेकपा सचिवालय बैठक बस्दै

Oct 7th, 2019

काठमाडौँ, १४ असोज (रासस)

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । 

पार्टी एकताको बाँकी कामलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ । बैठकको तयारीका लागि शीर्ष नेताहरुको छलफल अहिले बालुवाटारमा जारी छ ।