• गृहपृष्ठ
  • समाजसेवी गायक पूर्ण लिम्बुको नया गीत “लालुपाते” सार्वजनिक

समाजसेवी गायक पूर्ण लिम्बुको नया गीत “लालुपाते” सार्वजनिक

Sep 30th, 2019

काठमाडौं, १२ असोज 
गायक पूर्ण लिम्बुको नया गीत बजारमा आएको छ । प्राय समाजको घटना क्रमलाई आफ्नो गीतको माध्यमबाट जागरण गर्ने उदेश्यले नै उनि गीत निकाल्ने गर्छन् । यसपटकको गीत “लालुपाते” पनि यस्तै समाजको घटना संग प्रभावित रहेको छ । प्रेमकृष्ण बजगाईं र पूर्ण लिम्बुको शब्दमा तयार भएको गीतमा प्रेमकृष्ण बजगाईंकै संगीत र सिलाबहादुर मोक्तानको अरेन्ज रहेको छ । प्रकाश खरेलले रेकर्ड गरेको गीतमा गायक पूर्ण लिम्बुले स्वर भरेका छन् । गीत गाउनुको साथै अभिनयमा पनि रुची राख्ने पूर्ण लिम्बुले आफ्नो यस गीतमा आफै अभिनय गरेका छन् ।

नेपाली फिल्म क्षेत्रको चर्चित निर्देशक मिलन चाम्सले भिडियोको निर्देशन गरेका हुन् । उनको निर्देशनमा गीतको भिडियोमा पूर्ण लिम्बु, विल्सन बिक्रम राई ‘तक्मे बुढा’, श्याम राई, क्षितिज सुबेदी, शिव राज आचार्य र सरिता राजोपाध्याय लगायतको अभिनय रहेको छ । उत्सब दाहालको छायांकन रहेको भिडियोलाई सम्पादन गर्ने काम संदेश शाहले गरेका हुन् । गीतको भाव संग मेल खाने हिसाबले भिडियो तयार भएको छ । समाजमा रही आएका यथार्थ कुरालाई भिडियोमा पेश गरिएको छ ।

गीत र भिडियोको अर्को चाखलाग्दो कुरा के छ भने यो गीत नेपाल भन्दा अगावै बेलायतमा रिलिज गरिएको थियो । बेलायतमा च्यारिटी शो गरेर यस गीतलाई रिलिज गरिएको थियो । सबैलाई थाहा भएकै कुरा हो समाजसेवी गायक पूर्ण लिम्बुले आफुले गीतबाट कमाएको पैसा सबै समाजसेवामा नै खर्चिने गरेका छन् । यसपटक पनि उनले यहि कामलाई नै निरन्तरता दिएका छन् । दर्शक श्रोताको माया र साथले नै आफु यहाँ सम्म आइपुगेको र यहि माया र साथको खाँचो आफुलाई सधै रहिरहेको उनले बताएका छन् ।