• गृहपृष्ठ
  • नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत “आफु भन्दा जेठी “ सार्वजनिक

नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत “आफु भन्दा जेठी “ सार्वजनिक

Sep 30th, 2019

काठमाडौ, असोज १२
नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत “आफु भन्दा जेठी “ सार्वजनिक भएको छ ।  मनोज सिग्देल (युरेश) को शब्द् र संगीतकार दिपक आर्जेको संगीत रहेको यस गीत लाई नेपाल आईडल फेम गायक बुद्ध लामाले गाएका छन् । 

मनोज सिग्देल (युरेश) को लगानीमा निर्माण भएको  भिडियो निकै आर्क्षित बनेको छ ।  गीतकार सिग्देल र मोडल सम्पदा बाँनिया लाई फिचर गरिएको यस गीत मोडल तथा गीतकार सिग्देलको डेब्यु गीत हो ।  आजकल यस्तै खालेको माहोल छ । सो अहिलेको माहोललाई मैले गीत मार्फत उतारेको हु , मोडल तथा गीतकार मनोज सिग्देल भने । 

सियोन श्रेष्ठ र युद्ध लामाको कोरियोग्राफीमा तयार भएको यस गीतलाई चक्र बहादुर बराल (बाशु) ले छायांकन गरेका छन् भने सम्पादन बिनोद चौधरीको रहेको छ । गीतलाई कलर समिर मियाले गरेका छन् ।