भावनाको ‘बोल्दैन फोटो’ सार्वजनिक

Sep 30th, 2019

काठमाडौं, १२ असोज 
गायिका भावना आचार्यको ‘बोल्दैन फोटो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । यसअघि ‘बग्ने खोला’ र ‘मुलको पानी’ गीतका कारण चर्चामा रहेकी भावनाको यो गीतमा उनलाई डेबिड शंकरले स्वरमा साथ दिएका छन् । दीपक शर्माको शब्द र संगीत रहेको गीतले आफ्नो साथमा नरहेका प्रेमी–प्रेमीकाको मनोभाव र प्रेमभाव बोल्छ ।

शिब बिकले निर्देशन गरेको भिडियोमा दुर्गेश थापा र अस्मिता पुरीका साथमा डेबिड र भावना स्वयम् फिचर छन् । नवराज उप्रेतीले खिचेको भिडियो गायक दुर्गेश थापाको युट्युव च्यानलमा अप्लोड गरिएको छ ।