• गृहपृष्ठ
  • विश्व मुटु दिवस : अल्का अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर

विश्व मुटु दिवस : अल्का अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर

Sep 30th, 2019

ललितपुर, १२ असोज 
ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले विश्व मुटु दिवसका अवसरमा आइतबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । ‘स्वस्थ्य मुटु सुरक्षित भविष्य’ भन्ने नाराका साथ लायन्स क्लवअफ काठमाडौं अल्का र लियो क्लव अफ काठमाडौं अल्काको सहयोगमा अस्पतालले अस्पताल प्राङगणमा शिविर आयोजना गरेको हो । मुटु दिवसका अवसरमा अल्का अस्पतालले विरामीहरुका लागि विभिन्न ल्याव परीक्षणमा छुट दिएको छ ।  इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निशुल्क गरिएको अल्का अस्पतालले जनाएको छ ।

मुटु रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकले सिफारिस गरेका परीक्षणहरु निशुल्क गरिएको अल्का अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ),  दिलिप थापाले बताए । उनका अनुसार निःशुल्क शिविरका जाँच गरिएका विरामीहरुलाई १० दिनसम्मका लागि औषधि पनि निशुल्क वितरण गरिएको छ । शिविरमा जाँच गरेकाहरुको  १४ दिनसम्ममा एक पटक फलो अपमा आउँदा ओपिडी चार्ज नलाग्ने अस्पतालले जनाएको छ । विश्वमा हरेक वर्ष मुटु सम्बन्धी १७ लाखभन्दा बढी मानिसहरुको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा भने  २६ लाख मानिसमा कुनै न कुनै मुटु सम्बन्धि रोग लागेको विश्व स्वास्थ्य संगठनको तथ्थांकमा उल्लेख रहेको छ ।

धुमपान, मद्यमान नगर्ने, चिल्लो पिरो नखाने, माछा मासु कम खाने र दैनिक ब्यायाम गरे मुटु रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।