• गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंक ठमेल शाखाको औपचारिक उद्घाटन

महालक्ष्मी विकास बैंक ठमेल शाखाको औपचारिक उद्घाटन

Sep 30th, 2019

काठमाडौं, १२ असोज
महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लैजाने क्रममा काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं.२९, स्थित ठमेल शाखा यही असोज १० गते औपचारिकरुपमा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरेका हुन् । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने, संस्थापक शेयरधनी अर्जुन प्रसाद शर्माको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गरे । उनले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारीका साथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता व्यक्त गरे ।  

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा एक सय वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको र ग्राहक संख्या करिब पाँच लाख रहेको बैंकले जनाएको छ ।