• गृहपृष्ठ
  • मुक्तिनाथ विकास बैंक र काठमाडौं ज्वेलरी देव कर्नरबिच सम्भौता

मुक्तिनाथ विकास बैंक र काठमाडौं ज्वेलरी देव कर्नरबिच सम्भौता

Sep 30th, 2019

काठमाडौं, १२ असोज
मुक्तिनाथ विकास बैंक र के.जे. देव कर्नर, काठमाडौंबिच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंककाभिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्तके.जे. देव कर्नरमा गरगहना बनाउने शुल्कमा २५ प्रतिसतसम्मको विशेष छुट दिने व्यवस्था भएको छ ।

सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट सञ्चालन विभागका विभागीय प्रमुख सुवास ढकाल र केजे देव कर्नरकोे तर्फबाट केजे देव कर्नरको प्रबन्धक  रिजु तुलाधरले हस्ताक्षर गरेका छन् । यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ । 

हाल आफ्ना देशभर रहेका एक सय २० वटा शाखाबाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको बैंकले जनाएको छ । हालै मात्र बैंकले आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।