• गृहपृष्ठ
  • एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकको औपचारिक कारोबार सुरु

एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकको औपचारिक कारोबार सुरु

Sep 30th, 2019

काठमाडौं, १२ असोज 
एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु भएको छ । दुबै बैंकले यही असोज ११ गते शनिबारका दिनदेखि एकीकृत कारोवारको शुभारम्भ गरेका हुुन । दुबै संस्था गाभिएपश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब ५३ करोड र कोष आठ अर्ब ६२ करोड गरि कुल पुँजी (कोर क्यापिटल) २० अर्ब १५ करोड पुगेको छ । मर्जपश्चात बैंकको नाम एनएमबि बैंक लिमिटेड र मुख्य कार्यालय एनएमबि भवन, बबरमहल, काठमाडौं रहको छ ।

दुबै संस्था गाभिए पश्चातको एनएमबि बैंकको तीन नम्बर प्रदेशमा शाखाहरुको सञ्जाल ४४ वटा, गण्डकी प्रदेशमा ३९ वटा र पाँच नम्बर प्रदेशमाशाखा सञ्जाल २९ वटा गरि कुल शाखा सञ्जाल एक सय ६३, एटिएमहरुको सञ्जाल एक सय २८ पुगेको र एक्स्टेन्सन काउण्टरहरुको संख्या पाँच पुगेको बैंकले जनाएको छ । एकिकृत कारोबारको शुभारम्भ गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ्गको उपस्थितीमा गण्डकी प्रदेशको पोखरामा भयो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालको शुभकामना सन्देश नेपाल राष्ट्र बैंकको पोखरा निर्देशक डा. डिल्लीराम पोखरेलबाट पढेर सुनाईएको थियो ।

एनएमबी बैंकमा नेदरल्याण्डको एफएमओ, कर्मचारी संचय कोष लगायतका संस्थाहरुको समेत लगानी रहेको छ । एफएमओ सँगको सहकार्यले एनएमबि बैंकले वातावरण र सामाजिक जोखिम व्यवस्थापन गर्न तथा नविकरणिय उर्जा, साना तथा मझौला व्यवसाय र कृषि उद्यममा अग्रता हासिल गर्न सफल भएको छ । बैंकले लगातार वर्ष २०१७ र २०१८ मा द बैंकर, फाइनान्सियल टाइम्स, लण्डनबाट बैंक अफ द इयरको उपाधी प्राप्त गर्न सफल भएको बैंकले जनाएको छ ।