• गृहपृष्ठ
  • अर्थमन्त्रीले लगानी गर्न आग्रह गर्दा पनि घटेको घट्यै सेयर बजार, दुई महिनामा १ सय ३० अकंको गिरावट

अर्थमन्त्रीले लगानी गर्न आग्रह गर्दा पनि घटेको घट्यै सेयर बजार, दुई महिनामा १ सय ३० अकंको गिरावट

Sep 29th, 2019

काठमाडौं, १२ असोज 
सेयरबजार परिसुचक नेप्से यो वर्षको दुई महिनामा करिब १ सय ३ं अकंले घटेको छ । सेयबरजार बढाउनका लागि अर्थमन्त्री युवराज खतिवडाले लगानीका लागि यो उचित वातावरण भएको तर्क गरेपनि बजार घटेकोे घट्यै छ ।कर्मचारी सञ्चय कोषको कार्यक्रममा बोल्दै केहि दिन अघि अर्थमन्त्री खतिवडाले सेयबजारमा लगानी गर्नको लागि यो  उचित  समय भएको बताएका थिए । त्यसपछि २ दिन लगाएर ४८ अंक बढेको  सेयरबजार त्यसपछि निरन्तर ओरालो लागेको छ ।

२०७२ साउनमा १८ सय ८१ अंकमा पुगेको नेप्से परिसुचक त्यसयता निरन्तर ओरालो लागेको छ । बुधबार  ३दशमलव शुन्य तीन अकंले घटेर ११ सय ३१ अंकमा आइपुगेको छ । यो आर्थिक वर्षको २ महिनामा मात्रै बजार १ सय २९ अंकले घटेको छ । सरकारले सेयर धितोमा प्रवाह हुने कर्जाको सिमा ५० प्रतिशत बाट ६५ प्रतिशत कायम गर्नेदेखि बैंकले आफ्नो प्राथमिक पुँजीको ४० प्रतिशतसम्म सेयर लगानी गर्न पाउने व्यवस्था गरेको छ । तर पनि यो वर्षको  दुई महिनामा मात्रै नेप्से १ सय २९ अंकले घटेको छ ।

सेयरबजारलाई अर्थतन्त्रको ऐना मानिन्छ । विदेशी लगानीकर्ताले सेयरबजार हेरेर नै लगानी गर्ने वा नगर्ने भनेर निर्णय लिन्छन् । तर  बजारमा लगानीयोग्य रकमको अभाव, चर्काे ब्याज र उल्लेखनिय मात्रामा रेमिट्यान्स बढ्न नसक्दा सेयर बजार घटेको घट्यै छ । सरकारले अहिले १० लाख भन्दा माथिको सेयरकारोबार गर्नेले पान नम्बर लिनुपर्ने व्यवस्था  गरेको छ ।

बैंक तथा बिमा कम्पनीहरुले पुँजी बृद्धि गरेपछि बजारमा सेयरको उपलब्धता बढ्यो तर सोहि अनुसार लगानीकर्ता बढ्न सकेन् ।  सरकारले नीतिगत व्यवस्था गर्ने तर कार्यान्वयन नगर्ने गरेका कारण पनि अहिले सेयरबजार नबढेको लगानीकर्ता बताउँछन् । बजार बढ्नका लागि अब कि रेमिट्यान्स बढ्नु पर्छ कि त बैदेशिक लगानी   । यि दुबैमा देखिएको कमिले अब बजार कहिले बढ्ला त भनेर कुरेर बस्नुपर्ने स्थिती सिर्जना भएको छ ।