• गृहपृष्ठ
  • ईजी मोबाइलको दुई स्मार्ट फोन एकै मासिक किस्ताबन्दीमा पाईने कम्बो अफर

ईजी मोबाइलको दुई स्मार्ट फोन एकै मासिक किस्ताबन्दीमा पाईने कम्बो अफर

Sep 29th, 2019

काठमाडौं, फागुन ३०
एक रुपैयाँमा नै मोबाइल ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रा.लि.ले विभिन्न ब्राण्डका स्मार्टफोनहरु मासिक किस्तामा दिने गरि ‘कम्बो अफर’ सार्वजनिक गरेको छ । कम्पनीले नेपालमै पहिलो पटक मासिक किस्ताबन्दीका लागि स्मार्टफोन खरिदमा कम्बो अफरसहितको योजना सार्वजनिक गरेको हो ।
कम्बो अफरमा एउटा स्मार्टफोन किस्तामा लिँदा अर्को स्मार्टफोन सस्तो मूल्यमा नै लान सकिने गरि कम्बो किस्ताबन्दी अफर ल्याएको हो । यो योजनामा तोकिएका ब्राण्ड र मोडलका दुई स्मार्टफोनहरु एकैपटक मासिक किस्ताबन्दीमा लान सकिनेछ । अर्थात एउटै मासिक किस्तामा दुईवटा मोडलका स्मार्टफोनहरु ग्राहकले किन्न पाउने छन् । त्यसको लागि ग्राहकहरुले केबल रु. १ रुपैयाँ तिरेपछि घर लैजान सक्नेगरि मासिक किस्ताबन्दीमा सहभागी हुन पाउनेछन् ।
कम्बो मासिक किस्ताबन्दी अफरमा सामसंगको हालै सार्वजनिक ग्यालेक्सी एस१० संग सामसंगकै ग्यालेक्सी जे सेभेन एनएक्सटी स्मार्टफोन एउटै किस्तामा लान सकिने छ । त्यसैगरि ग्यालेक्सी एस १० प्लस संग सामसंगकै ग्यालेक्सी जे सेभेन एनएक्सटी स्मार्टफोन एउटै किस्तामा लान सकिने छ । सामसंग एम २०का साथमा सामसंगकै ग्यालेक्सी जे सेभेन एनएक्सटी स्मार्टफोन रु.१ मासिक किस्तामा लाने कम्बो अफर पनि उपलब्ध छ ।
यो योजनामा साओमीको एम ८ लाइट र रेडमी एस २ स्मार्टफोन संयुक्तरुपमा उपलब्ध छ भने भीभोको भी१५प्रो र वाई ५३सी स्मार्टफोन एकैसाथ किन्न सकिने छ । भीभो कै भी नाइन र भीभो वाई५३सी स्मार्टफोन एउटै अफरमा राखिएको छ । ओपोको एफ ९ का साथमा ओपो ए थ्रीएस स्मार्टफोन कम्बो अफरमा उपलब्ध हुनेछ भने ओपो आर १७ प्रोका साथमा ओपोकै ए ३एस स्मार्टफोन कम्बो मासिक किस्ताबन्दीमा उपलब्ध छ । ह्वावेको वाई सेभेन प्रो २०१९ भर्सन र वाई सेभेन प्रो २०१८ प्रो एकैपटक रु.१ तिरेर किस्ताबन्दीमा किन्न सकिन्छ भने नोकियाको नोकिया ५ र नोकिया २ पनि यसै अफरमा उपलब्ध छ । सिमित अवधिका लागि घोषणा गरिएको यस अफरअन्तरगत किस्ताबन्दीमा कुनै ब्याज लाग्ने छैन भने ग्राहकले आफ्नो चाहनाअनुसार बाँकी रकम ६ महिना, १२ महिना, १५ महिना र १८ महिनाको किस्ता छनौट गरेर भुक्तानी गर्ने सुविधा दिएको छ । यस कम्पनीबाट एक रुपैयाँमा किनेको फोनमा थप १ वर्षको वारेन्टी सुविधा प्राप्त गर्नेछ भने यो अफरअन्तरगत ग्राहकहरुको मोबाइल फोन बिग्रेमा घरमा नै लिन आउने र मर्मतपछि पुर्याईदिने सेवा उपलब्ध गराईनेछ ।
ईजी मोबाइल केयर प्रा.लि.का अध्यक्ष संजित पौडेलले ग्राहकहरुको मागलाई ध्यानमा राखेर नयाँ कम्बो अफर मासिक किस्तामा ल्याएको बताउनुभयो । ‘‘ग्राहकहरुलाई सस्तो मूल्यमा एकैपटक दुईवटा स्मार्टफोनहरु एउटै किस्ताबन्दीमा किन्न सकिने गरि नयाँ अफर ल्याएका छौं । नेपालमै पहिलो पटक यस्तो अफरबाट ग्राहकहरुले सस्तो मूल्यमा दुईवटा फोनहरु सजिलै किन्न सक्नेछन्,’’ अध्यक्ष पौडेलले भन्नुभयो । अध्यक्ष पौडेलकाअनुसार यो कम्बो मासिक किस्ताबन्दी अफर बाहेक सामसंग, ह्वावे, भीभो, साओमी, ओपोलगायत नेपालमा उपलब्ध सम्पूर्ण ब्राण्डका अन्य सबै स्मार्टफोनहरु रु.१ मा नै किन्न सकिने छ । यसबाहेक पनि कम्पनीले बिक्री गर्ने कुनैपनि ब्राण्ड र मोडलका मोबाइल सेटहरुमा थप १ वर्षको वारेन्टि दिने गरेको छ । अन्य कम्पनीबाट मोबाइल किन्दा १ वर्षको मात्र वारेन्टी हुने गरेकामा ईजी मोबाइल केयर प्रा.लि.बाट खरिद गरेको मोबाइलमा थप १ वर्षको वारेन्टी पाईनेछ ।
काठमाडौंको मुटु न्यूरोडको ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको ईजी मोबाइल केयर प्रा.लि. मोबाइलको सम्पूर्ण हेरचाह (केयर) गर्ने उद्धेश्यका साथ स्थापना भएको कम्पनी हो । नेपालमा नै पहिलो पटक मोबाइल सम्बन्धि सम्पूर्ण सेवा सुविधा एकै थलोबाट उपलब्ध गराउने यो कम्पनीले आफ्ना सेवाहरु संचालन गर्दै आएको छ ।