• गृहपृष्ठ
  • एमएडब्लु इन्टरप्राइजेजले ल्यायो यामाहा एक्सटीजी १२५

एमएडब्लु इन्टरप्राइजेजले ल्यायो यामाहा एक्सटीजी १२५

Sep 29th, 2019

काठमाडौं, फागुन २७ 
‘मे योर ओन रोड’ अर्थात् ‘आफ्नो बाटो आफैं बनाउनुस्’ नारा सहित यामाहा मोटर साइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित अफरोड मोटरसाइकल यामाहा एक्सटीजी १२५ नेपालमा सार्वजनिक गरेको छ ।   एक्सटीजी १२५ लाइ  पहिलो पटक नाडा अटो सोको संस्करणमा प्रदर्शन गरिएको थियो । नयाँ मोटरसाइकलको मूल्य तीन लाख ९९ हजार नौ सय रुपैयाँ तोकिएको छ । 
‘नेपालमा अफरोड सेग्मेन्टको उल्लेखनीय विस्तार भइरहेको कम्पनीले जनाएको छ । ‘ यामाहा लाइनअपमा अफरोड मोटर साइकललाई पनि ल्याउन चाहन्थ्यौं , हामीलाई विश्वास छ यामाहा एक्सटीजी १२५ सबैभन्दा उत्तम विकल्प हो,’ एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले भन्नु भयो, साथै  ‘ नयाँ मोटरसाइकलले नेपाली बजारमा यामाहाको अफरोड मोटरसाइकलको मागलाई सम्बोधन गर्ने बताइएको छ । यामाहा एक्सटीजी १२५ मा १२४ सीसीको एअर कुल्ड, फोर स्ट्रोक, सिंगल सिलिन्डर (एसओएचसी) इन्जिन रहेको छ जसले सात हजार पाँच सय आरपीएमाअधिकतम १०.२ पीएस पावर र पाँच हजार पाँच सय आरपीएममा अधिकतम ९.९ एनएम टर्क उत्पन्न गर्छ । यो कार्बुरेटेड मोटरसाइकलमा ५ स्पिडको गियर बक्स र एयर कलिङ सिस्टम र इलेक्ट्रिक तथा किक स्टार्ट उपलब्ध छ । एक्सटीजी १२५ मा १०.६ लिटरको फ्युल ट्यांक छ जसले गर्दा लामो अफरोड यात्रामा निस्कन सहज बनाउँछ । नयाँ एक्सटीजी ब्लु, ब्ल्याक र ह्वाइट गरी तीन आकर्षक कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ । एक सय १८ के.जी. वजन भएको एक्सटीजी १२५ को ग्राउन्ड क्लेरेन्स २६० एमएम छ जसले ढुंगा, खोला र अफरोड बाटोको यात्रालाई अझ रोमाञ्चक बनाइ दिन्छ  ।  सिट हाइट ८४० एमएम रहेको छ । यसको अगाडि टेलिस्कोपिक सस्पेन्सन छ भने पछाडि मानोक्रस सस्पेन्सन रहको छ । अगाडिको ह्विल २१ इन्चको छ भने पछाडिको १८ इन्चको रहेको छ । दुवै ह्विलमा स्पोक एरेन्जमेन्ट रहेको छ जसले अफरोड यात्रालाई आरामदायी बनाइदिन्छ । एक्सटीजी १२५ मा सेमी–रग्ड टायर, हेलोजिन हेडल्याम्प, फ्रन्ट डिस्क ब्रेक र स्पोर्टी ग्राफिक्ससहितको प्लास्टिक प्यानेल रहेका छन् । साथै, यसमा अन्डरसाइड कभर रहेको छ जसले इन्जिनलाई बाह्य क्षति हुनबाट बचाउँछ । राइडरको सहजताका लागि यसमा स्पिडो मिटर र ट्रिप मिटर सहितको इन्स्ट्रयुमेन्ट प्यानल, चौडा र बाक्लो कुसन सिट र पछाडि कार्गो बक्स वा अन्य सामान बोक्न मिल्ने गरी बलियो क्यारियर पनि जडान गरिएको छ ।