• गृहपृष्ठ
  • हुवावे वाई सेभेन २०१९ नेपाली बजारमा उपलब्ध

हुवावे वाई सेभेन २०१९ नेपाली बजारमा उपलब्ध

Sep 29th, 2019

काठमाडौ, फागुुन २६    
हुवावे कम्पनीको सबैभन्दा सर्वोत्कृष्ट स्मार्टफोन हुवावे वाई सेभेन २०१९ अब नेपाली बजारमा उपलब्ध भएको छ । कम दाममा उत्कृष्ट कार्यक्षमता भएको स्मार्टफोनहरू ल्याउने आफ्नो प्रतिबद्धताअनुरूप हुवावे कम्पनीको वाई सिरिजमा पनि सहुलियत दाम र उति नै उत्कृष्ट कार्यक्षमता भएका स्मार्टफोनहरू प्रयोगकर्ताहरू समक्ष ल्याएको छ ।
वाई सिरिज अन्तर्गतको पछिल्लो स्मार्टफोन हुवावे वाई सेभेन २०१९ पनि सबैपक्षमा सर्वोत्कृष्ट स्मार्टफोन मानिएको छ र नेपाली बजारमा हुवावेका अन्य स्मार्टफोनहरू झैं यो स्मार्टफोन पनि निकै लोकप्रिय हुने विश्वास गरिएको छ । यो स्मार्टफोन तीनवटा रंगहरूमा उपलब्ध छ– नीलो –(ओरोरा ब्लू), कालो (मिडनाइट ब्ल्याक) र रातो (कोरल रेड) । नेपाली बजारमा हुवावेको वाई सेभेन २०१९ को मूल्य भने १९ हजार नौ सय ९० रूपैयाँ तोकिएको छ । ६.२६ ईन्चको ठूलो डियूड्रप डिस्प्ले, १३ एमपी+ २एमपीको मास्टर एआई सपोर्टयुक्त एआई क्यामरा र दुई दिनसम्म चल्ने ४ हजार एमएमएच क्षमताको ब्याट्री र प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । 
हुवावेको ब्याट्रीसम्बन्धी महत्त्वपूर्ण प्रविधिका कारण हुवावे वाई सेभेन २०१९ ले यसको पूर्ण क्षमताको कम्तीमा ८० प्रतिशत ब्याट्री सात सय पटकसम्म चार्ज गर्दा पूर्ण क्षमता दिन्छ । 
भिडियो मन पराउने अहिलेको पुस्ताका लागि ठूलो डिस्प्ले दिनका लागि हुवावेले नयाँ ह्वावे ड्र्यूड्रप डिस्प्ले हुवावे वाई सेभेन २०१९ मा जडान गरेको छ । हुवावेको फ्ल्यागशीप हुवावे मेट ट्वान्टी र हुवावे मेट ट्वान्टी एक्समा सुरूमा राखिएको डिउड्रप डिस्प्लेमा क्यामरा राख्नका लागि मोती आकारको सानो स्थान रहेको छ जसले प्रयोगकर्ताहरूलाई मोबाइलमा सबै खाले सामग्रीहरू हेर्न सहज बनाउने कम्पनीले जनाएको छ।
८६.७ प्रतिशत स्क्रीन–टु–टीपी रेसियो यसमा रहेको छ जुन औसत रुपमा अरु फोनको भन्दा धेरैमाथि हो । हुवावे वाई सेभेन २०१९ लाई तेस्रो पारेर समात्दा यसको पछाडिको भाग डिजिटल क्यामराजस्तो देखिन्छ । यो जानाजान गरिएको हो किनकि हुवावे वाई सेभेन २०१९ सबैभन्दा उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्नका लागि बनाइएको हो । 
हुवावे वाई सेभेन २०१९ले भिडियो र तस्वीरहरू सूक्ष्म रूपमा र स्पष्टताका साथ खिच्ने गर्दछ र यसमा जडित वाइड एपर्चरले धमिलो पृष्ठभूमि भएको पोरट्रेटहरू पनि सपोर्ट गर्दछ ।  हुवावे वाई सेभेन २०१९ मा ह्यान्ड्स फ्रि तरिकाबाट पनि फोटो खिच्न सकिन्छ– हाउभाउ वा इशाराबाट फोटो खिच्ने वा सेल्फी खिच्नका लागि स्माइल गर्ने । ह्वावे वाई सेभेन २०१९ मा फेश अनलक २.० रहेको छ जसले मोबाइलफोन खोल्न छिटो र सहज हुन्छ । यो स्मार्टफोनले प्रयोगकर्ताको पहिचानलाई प्रमाणीकृत गर्दछ र मात्र मोबाइलफोन अनलक हुन्छ । प्रयोगकर्ताहरूले अन–स्क्रीन निर्देशनहरूपछि आफ्नो प्रोफाइल राख्न सक्छन् । थप सुरक्षाका लागि प्रयोगकर्ताको अनुहारको विवरण वाई सेभेन २०१९ अबमा सदाका लागि सेभ हुन्छ ।
वाई सेभेन २०१९ ले डुलल फोर जी र डुअल भिओलटीई सपोर्ट गर्दछ । यो विशेषताका कारण प्रयोगकर्ताहरूले एकैचोटि एउटा सिमबाट फोन गर्न र अर्कोबाट मोबाइल डाटा चलाउन सक्छन् ।
वाई सेभेन २०१९मा ५१२ जीबीसम्मको एक्पान्डेबल मेमोरी छ र मेमोरी कार्ड राख्न मिल्ने सुविधा छ । ३२ जीबीको इन्टरनल स्टोरेज पनि यो स्मार्टफोनमा रहेकाले सबै तस्वीरहरू, भिडियोहरू, गेमहरू सजिलै स्टोर गर्न सकिन्छ ।