• गृहपृष्ठ
  • भम्रण वर्षलाई केन्द्रित गरी चित्रकला प्रदर्शनी

भम्रण वर्षलाई केन्द्रित गरी चित्रकला प्रदर्शनी

Sep 29th, 2019

काठमाडौँ, १५ फागुन

नेपाली कलालाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गरी भम्रण वर्षमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले रुसी सांस्कृतिक केन्द्रमा मङ्गलबारदेखि सामूहिक चित्रकला प्रदर्शनी गरिएको छ । यही फागुन १८ गतेसम्म चल्ने प्रदर्शनीमा युनिक स्ट्रोक ग्रुपमा आबद्ध कलाकारले सिर्जना गरेका ३१ चित्रकला राखिएको छ । उक्त समूहमा प्राज्ञ सुष्मा राजभण्डारी, चन्दा श्रेष्ठ र रत्नकाजी शाक्य हुनुहुन्छ । 
वैदिक परम्परा तथा संस्कृतिले पारेको आध्यात्मिक प्रभावका कारण विकास भएको परम्परागत कला, त्यसको निर्माण शैलीले हाम्रा मौलिक कला विशिष्ट मानिएका छन् । त्यसैगरी हिन्दू, बौद्ध संस्कृतिमा आधारित मठमन्दिर, चैत्य निर्माणले काठमाडौँँ उपत्यका मन्दिरै मन्दिरको शहरका रूपमा विकास भएको यस क्षेत्रका विज्ञको भनाइ छ । भित्तेलेखन, पौभा चित्र, थाङ्का, मण्डला र पुरातन शैलीका कलाकृति हाम्रो धर्म, संस्कृति र आस्थासँग जोडिएका कला हुन् । 
नेपाल रसिया आर्ट क्लबले आयोजना गरेको उक्त प्रदर्शनीमा राखिएका चित्रमा मुलुकका विभिन्न स्थानका प्राकृतिक सौन्दर्य, सांस्कृतिक तथा धार्मिक पक्ष, सामाजिक जनजीवनका विभिन्न प्रभावलाई चित्रमार्फत देखाउन खोजिएको छ । गणेश, शिव, असन देखि इन्द्रचोकसम्मको बस्ती, महिलाका सङ्घर्ष, चोभारको प्रकृतिलाई समेटिएका चित्रमा कलाकारले एक्रेलिकमा तेल रङ्गको प्रयोग गरेको पाइन्छ । त्यस्ता चित्रले प्रदर्शनीको रौनक थपेको छ । प्रदर्शनीमा सहभागी विभिन्न देशका कूटनीतिज्ञले स्वदेशी मौलिक कला, संस्कृतिको अवलोकन गरेका थिए । 
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)का उपकुलपति गोपाल चित्रकारले स्वदेशी संस्कृति, प्रकृतिका साथै सामाजिक पक्षलाई अन्तर्राष्ट्रिय तहमा पु¥याउन सकेमा पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नाफाले स्थानीय तहमा कलाको विकासका लागि छिट्टै प्रदेशस्तरीय कार्यक्रम गर्न लागेको जानकारी दिनुभयो । 
क्लबका अध्यक्ष एवं प्राज्ञ राजभण्डारीले देशमा हुनलागेको भ्रमण वर्षलाई सफल बनाउन नेपाली कला, संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिँदै आगामी दिनमा ती चित्रलाई विभिन्न मुलुकमा प्रदर्शन गर्न जान लागेको जानकारी दिनुभयो । यसअघि सोही समूहले नेपाल कला परिषद्मा ती चित्रको प्रदर्शन गरेको क्लबले जनाएको छ ।