वरिष्ठ साहित्यकार शाह पुरस्कृत

Sep 29th, 2019

राँझा, (बाँके), ११ साउन 

भेरी साहित्य समाज बाँकेले यस वर्षको प्रेमप्रकाश मल्ल मधुकर स्मृति पुरस्कार वरिष्ठ साहित्यकार महेशविक्रम शाहलाई प्रदान गरेको छ । 

प्रेमप्रकाश मल्ल मधुकरको ८४औँ जन्मजयन्तीका अवसरमा आज नेपालगञ्जमा आयोजित समारोहमा रु २५ हजार १११ राशिको सो पुरस्कार वरिष्ठ साहित्यकार शाहलाई प्रदान गरिएको हो ।

सो अवसरमा वरिष्ठ साहित्यकार शाहले स्व गीतकार एवं साहित्यकार प्रेमप्रकाश मल्लले नेपाली साहित्य र सङ्गीतमा पु¥याएको योगदानको स्मरण गर्दै मल्ल मधुकर स्मृति पुरस्कारले साहित्यको क्षेत्रमा लाग्न थप उत्साह मिलेको बताउनुभयो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव सनतकुमार रेग्मीले स्व गीतकार एवं साहित्यकार प्रेमप्रकाश मल्लले साहित्यको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै उहाँको सम्झनामा पुरस्कार स्थापना हुनु आफैँमा सराहनीय कार्य भएको भन्दै भेरी साहित्य समाजको प्रशंसा गर्नुभयो । 

प्रेमप्रकाश मल्ल मधुकर स्मृति पुरस्कार एवं सम्मान अर्पण तथा बहुभाषी कवि गोष्ठीमा  बाँकेका नारी स्रष्टा किरण आचार्य, कल्पना खरेल र सन्तोषी विष्टलाई सम्मान गरिएको समाजका अध्यक्ष हरिप्रसाद तिमिल्सनाले जानकारी दिनुभयो ।रासस