सत्यमोहन जोशीलाई नागरिक अभिनन्दन

Sep 29th, 2019

भक्तपुर, ३१ जेठ 
 वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भक्तपुरमा नागरिक अभिनन्दन गरिने भएको छ । यहाँस्थित वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समितिले आगामी असार ६ गते आयोजना गरिने समारोहमा सो अभिनन्दन गर्न लागिएको हो ।     समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रचारप्रसार संयोजक नविनप्रकाश श्रेष्ठले नेपालको कला, शिल्प, साहित्य, सम्पदा, संस्कृति र लोक संस्कृतिको संरक्षणमा उहाँले पु¥याउनुभएको योगदानको स्मरण गर्दै अभिनन्दन गर्न लागिएको जानकारी दिनुभयो । अभिननदन समारोह सम्पन्न गर्न नरेन्द्रभक्त हाडाको संयोजकत्वमा २०१सदस्यीय मूल समारोह समिति गठन गरी आवश्यक तयारी पूरा गरिएको उहाँको भनाइ थियो । असार ६ गते शुक्रबार मध्यपुरथिमिको बाहाखाबजारबाट शङ्खधर चोकसम्म र भक्तपुरको दत्तात्रयबाट सूर्यविनायकसम्म विशाल शोभा ¥याली गर्दै सूर्यविनायकको अजिमामा आयोजना गरिने समारोहमा अभिनन्दन गरिने भएको छ ।     
रासस