• गृहपृष्ठ
  • साहित्यकार, कलाकार र सङ्गीतकारको वृत्ति विकास गरिने

साहित्यकार, कलाकार र सङ्गीतकारको वृत्ति विकास गरिने

Sep 29th, 2019

काठमाडौँ, १५ जेठ    
सरकारले मुलुकको विशिष्ट संस्कृतिको संरक्षणमा ध्यान दिँदै विश्वसम्पदा सूचीका सम्पदाको संरक्षण र विकासमा विशेष जोड दिने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले लोपोन्मुख भाषा, संस्कृति र कलाको संरक्षण गर्ने नीति बजेटले लिएको बताउनुभयो । उहाँका अनुसार साहित्यकार, कलाकार तथा सङ्गीतकारको वृत्ति विकासमा ध्यान दिइने छ ।     
 तिलौराकोट, लुम्बिनी, देवदह र रामग्राम क्षेत्र क्षेत्रलाई समेटी बृहत् लुम्बिनी एकीकृत विकास गुरुयोजना तर्जुमा गरिने बजेटमा उल्लेख छ । लुम्बिनी क्षेत्रको गुरुयोजनाबमोजिम कामलाई निरन्तरता दिन रु एक अर्व बजेट विनियोजन गरिएको छ । पशुपति क्षेत्रको विकासलाई रु २५ करोड तथा धरहरा पुनःनिर्माण गर्न रु एक अर्व विनियोजन गरिएको छ ।     
रासस