• गृहपृष्ठ
  • युगपुरुष तथा सस्कृतविद सत्य मोहन जोशीको १०० औ जन्मोत्सव

युगपुरुष तथा सस्कृतविद सत्य मोहन जोशीको १०० औ जन्मोत्सव

Sep 29th, 2019

काठमाण्डौ 
बैशाख ३० 
   नेपाली साहित्यलाइ उचाइमा पुराउने व्यक्तित्वहरुमा सत्यमोहन जोशीको सर्वप्रथम नाम आउँछ । आज तिनै युगपुरुष  साथै तिनपटक मदन पुरस्कार विजेता हुनु भएका सस्कृतिविद सत्यमोहन जोशीको १००औ जन्मोत्सव हो । यस अवसरमा ललितपुर जिल्लाको महानगरपालिका र गोदावरी नगरपालिकाले सम्मान श्वरुप सोमबार सार्वजनिक विदा दिएको छ । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु मर्हजनले सत्य मोहन जोशीको शताब्दी जन्मोत्सवमा बर्ष भरि विभिन्न कार्यक्रमहरु गरेर मनाउने र जोशीको नाममा उद्यान र सडक समेत निर्माण गर्ने निर्णय महानगरपालिकाले गरेको बताउनु भयो । 
बाबु शंकरदास जोशी र आमा राजकुमारीका सुपुत्रका रूपमा वि.सं. १९७७ साल वैशाखमा ललितपुरको बखुम्बहालमा  जन्मनु भएको  सत्यमोहन जोशीले लोकसंस्कृतिका लागि पहिलोपटक वि.सं. २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक वि.सं. २०१७ सालमा, र कर्णाली लोकसंस्कृति नामक ग्रन्थको लागि संयुक्त रूपमा तेस्रोपटक वि.सं. २०२८ सालमा मदन पुरस्कार प्राप्त गर्नु भएको थियो ।