• गृहपृष्ठ
  • साहित्यलाई समाज परिवर्तनको काममा उपयोग गर्नुपर्छ ः उपसभामुख

साहित्यलाई समाज परिवर्तनको काममा उपयोग गर्नुपर्छ ः उपसभामुख

Sep 29th, 2019

काठमाडौँ, ७ वैशाख 
उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले साहित्यलाई समाज परिवर्तनका लागि प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।     
युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानको १०औँ साधारणसभामा उपसभामुख तुम्बाहाम्फेले मिश्रकै साहित्यिक योगदानका कारण हामी आज स्वतन्त्र भएर हिँड्न पाएको बताउनुभयो । “जनताको अधिकारलाई पूरा हुन दिनुपर्छ भन्ने उहाँको भनाइलाई सबै मिली साथ दिनुपर्छ”, उहाँले भन्नुभयो ।     
 मिश्र जस्ता स्वाभिमानी कवि कतै पनि नपाइने साहित्यकार मोहन दुवाल बताउनुहुन्छ । “मिश्रलाई सरकारसँग आत्मसमर्पण गर्न पटक–पटक आग्रह गरियो, तर उहाँ कहिल्यै झुक्नुभएन”, दुवालले स्मरण गर्नुभयो । शुक्रबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष साहित्यकार अनिल पौडेलले आफ्नो कार्यकालमा प्रतिष्ठानले थुपै्र काम गरेको बताउनुभयो ।     
रासस