• गृहपृष्ठ
  • दुइ कृति लोकार्पण सहित सम्पन्न बैवाहिक कार्यक्रम

दुइ कृति लोकार्पण सहित सम्पन्न बैवाहिक कार्यक्रम

Sep 29th, 2019

काठमाण्डौ 
५ बैशाख 

 सुन्दा अचम्म लाग्न सक्छ कृति लोकार्पण सहित वैवाहिक कार्यक्रम सम्पन्न भन्दा । किनकी विवाह तडकभड्क नै हुन्छ भन्ने सबैको मानसपटलमा बसेको छ । तर विहिवार काठमाण्डौ स्थित राष्ट्रिय नाचघरमा सबैलाइ आश्चर्यमा पार्दै साहित्य विवाह सम्पन्न भएको छ । यस विवाहमा एक जोडि बरबधुले आ अाफ्नाे   कृति लोकार्पण गर्दै वैवाहिक कार्यक्रम सम्पन्न गरेका छन् । ति थिए नुवाकोटकी कवि भैरवी ढुंगाना र दोलखाका कवि बलराम दाहाल । यि जोडिले  अाफ्ना   दुइ कृतिहरु  अस्वीकृत शालीनता र भाडा नलाग्ने कोठा लोकार्पण  सहित  वैवाहिक जीवनमा प्रवेश गरे । 

आधुनिक समाजमा विवाहलाइ भड्किलो बनाउने प्रतिस्पर्धा चलेको बेला साहित्य सृजनाको मार्फत सम्पन्न विवाहलाइ सस्कृतीको रुपान्तरणको रुपमा लिनु पर्छ भन्नुहुन्छ  कवि तथा साहित्यकार वावा बस्नेत  । उहाँ फेरी भन्नु हुन्छ , साहित्य सृजना मार्फत गरिएको वैवाहिक कार्यक्रम पक्कै पनि समाजको लागि चुनौती हो । किनकी याहाँ अनावश्यक प्रतिस्पर्धा देखिदैन । उ भन्दा उ के कम भन्दै अस्वच्छ प्रतिस्पर्धामा आउनेहरुको भिड यस्तो विवाहमा हुदैन । यसलाइ हामीले सहर्स स्वीकार गर्दै आउने दिनहरुमा  उदाहरणरुपमा लिनु पर्ने हुन्छ । 
कवि भैरवी ढुंगानाको अस्वीकृत शालीनता र कवि बलराम दाहालको भाडा नलाग्ने कोठा उक्त कृतिलाइ सस्कृतीविद्ध सत्य मोहन जोशिले  लोकार्पण गर्नु भएको थियो ।   लोकार्पण पश्चात सिन्दुर पोतेको कार्यक्रम भयो । दुवै पक्षका परिवारका सदस्यहरुले स्वस्ति वाचन सहित आशिर्वाद दिनु भयो । साहित्य सृजना मार्फत एक अर्काको जीवनमा प्रवेश गरेका ति जोडिलाइ पूर्वमन्त्रीद्वय आनन्द पोखरेल र महेन्द्र पाण्डेय लगायत उपस्थित सबैले शुभकामना व्यक्त गर्नु भयो । साथै उपस्थित व्यक्तित्वहरुले ति जोडिलाइ खादा लगाइ नयाँ जीवनको शुभकामना व्यक्त गर्नु भएको थियो ।  
समाजिक परम्परालाइ चुनौती दिदै साहित्य मार्फत भएको विवाहलाइ तपाई कसरी लिनु हुन्छ ? भन्ने प्रश्नमा साहित्कार द्धावारिक कुइकेल भन्नुहुन्छ ,  समाज सभ्य मार्गमा गएको छ । समाजमा देखावाको होडबाजी चलेको बेला यस्तो प्रकारको विवाहले सोचमा परिवर्तन ल्याउन मद्दत गरेको छ । तडकभडकको विवाहले व्यक्तिलाइ झनै गरीब बनाइरहेको अवस्था छ ।  गलतबाटोमा गैरहेको समाजलाइ सहि बाटोमा ल्याउने यो उदाहरण हो । समाज परिवर्तनको जिम्मा हाम्रै भएको कारण साहित्य विवाहलाइ उत्कृष्ट नमूनाको रुपमा लिनु पर्ने बताउनु हुन्छ ।