• गृहपृष्ठ
  • कृषि विकास बैंकको चार करोड ७३ लाख गायब, रकम गायब पार्ने कार्यमा संलग्न ११ जना अभियुक्तहरु पक्राउ

कृषि विकास बैंकको चार करोड ७३ लाख गायब, रकम गायब पार्ने कार्यमा संलग्न ११ जना अभियुक्तहरु पक्राउ

Sep 25th, 2019

काठमाडौं, ८ असोज 
कृषि विकास बैंकको चार करोड ७३ लाख गायब भएको छ । बैंकको लहान शाखाको कर्मचारीहरुको प्राविधिक त्रुटीकारण झण्डै पाँच अर्ब रुपैयाँ हयकिङ गर्ने योजना बनाएको विदेशी नागरिकको रकम गायब पारेका हुन् । उक्त रकम मध्येमा हालसम्म ६० लाख रुपैयाँ बरामद भएको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ । 

महाशाखाका अनुसार ठगी कार्यमा संलग्न व्यक्तिहरु मध्ये हालसम्म ११ जना पक्राउ परेको र पक्राउ परेका व्यक्तिहरुलाई बैंकिङ कसुर तथा  संगठित अपराध ऐन अन्र्तगत म्याद थप गरी अनुसन्धानको लागि थुनामा राखिएको छ । मंगलबार लहान शाखाका ब्राञ्च म्यानेजरको पासवर्ड ह्याक गरी करोडौं लुट्ने गिरोह प्रहरीको फन्दामा परेपछि बैंकको अर्बौं रुपैयाँ विदेश लाने ह्याकरको योजना समेत बिफल भएको छ । अपराध महाशाखाका अनुसार ह्याकरहरुको समूहले सो क्रममा कृषि विकास बैंकबाट हालसम्म चार करोड ७३ लाख रुपैयाँ व्यक्तिको नाममा एउटा शाखाबाट अर्को शाखामा ट्रान्सफर गरी रकम हिनामिना गरेको छ । सो मध्ये करिवा ६० लाख रुपैयाँ बरामद भएको महाशाखाले जानकारी दिएको छ ।  

महाशाखाका अनुसार विदेशी नागरिक काले भनिने पिटर लामो समय देखि भारतको बम्बईमा बसेर नेपालका मानिसहरुसँग सम्पर्क गरी भारतमै बोलाई १० देखि ३५ प्रतिशतसम्म कमिशन दिने गरी विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको रकम ह्याक गर्ने गरेको देखिएको छ । ति व्यक्तिले नेपाली नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल बैंक लगायतको बैंक तथा वित्तीय संस्थाहरुको क्रिडेन्सियल ह्याकिङ्ग गरी रकम निकाली रहेको अवस्थामा प्रहरीले ११ जना अभियुक्तलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।