• गृहपृष्ठ
  • कृषि विकास बैंक ठगीका मुख्य योजनाकार अफ्रिकाका काले, पहिले पनि बैंक ठगेको पुष्टि

कृषि विकास बैंक ठगीका मुख्य योजनाकार अफ्रिकाका काले, पहिले पनि बैंक ठगेको पुष्टि

Sep 25th, 2019

काठमाडौँ, ८ असोज

कृषि विकास बैंकको ४ करोड भन्दा बढि रकम ठगीको मुख्या योजनाकार अफ्रीकी मुलका काले भनिने पिटर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले नेपालका बैंकहरुबाट रकम निकाल्ने योजना बनाउँदै आएका छन् ।

प्रहरीको अनुसन्धानबाट  लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएका पिटरले नेपालका  बैंक तथा वित्तीय संस्थाहरुबाट (५० मिलियन डलर) ५ अर्ब नेपाली रुपैयाँ निकाल्ने योजना बनाएको पाइएको छ ।

प्रहरीका अनुसार मुख्य नाइके भनिएका पिटरले नेपाली भाषा पनि बोल्न जानेका छन् । पिटरले नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास बैंक, कैलाश विकास बैंक र नबिल बैंक तथा पानस रेमिटलगायतका वित्तीय संस्थाको क्रेडिएन्सल हृयाकिङ गरी रकम निकालेको प्रहरीको दाबी छ ।

यसैबिच अनुसन्धानको क्रममा प्रहरीले बैंकबाट रकम चोरी गरेको आरोपमा राजधानीसहित विभिन्न ठाउँबाट १२ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका १२ जनामाथि नै बैंकिङ कसुर सम्बन्धी संगठित अपराधमा मुद्धा चलाइने प्रहरीले जनाएको छ ।