• गृहपृष्ठ
  • वीरगन्ज महानगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० भब्यताका साथ मनाउने

वीरगन्ज महानगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० भब्यताका साथ मनाउने

Sep 25th, 2019

वीरगन्ज, ७ असोज
वीरगन्ज महानगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० मनाउने निर्णय गरेका छ । नगर प्रमुख विजय कुमार सरावगीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकद्धारा सबै संघ संस्थाहरुसगं समन्वय गर्दै  भ्रमण बर्षलाई भव्यरुपमा मनाउने निर्णय गरिएको जनाएको छ । 

भ्रमण वर्षलाई भव्यता दिन नगर प्रमुख सरावगीको अध्यक्षतामा १७ सदस्यीय पर्यटक प्रबद्धन समिति गठन गरिएको छ । समितीका सदस्यहरुमा होटल पर्यटन व्यवसायी सघका सयोजक हरिपन्त,होटल व्यवसायीहरु दिपकमान श्रेष्ठ,मोहन पधान, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, जगत साहकानु, भिजिट मधेसका ओम प्रकाश सर्राफ लगायतका व्यक्तिहरु रहनु भएको छ ।

बैठकले पर्यटक दिवसको अवसरमा वीरगन्ज शंकराचार्यद्धारमा पहिलो पर्यटकलाई स्वागत गर्ने तथा सोहि दिन दिउसो पर्यटन दिवसको बारेमा सरोकारवालाहरुसगं अन्र्तक्रिया कार्यक्रम गर्ने निर्णय समेत गरिएको छ । वीरगन्ज रक्सौल नाका हुदै आउने पर्यटकहरुलाई सहज वातावरण तयार गर्न सुविधायुक्त नमस्ते सेन्टरको स्थापना गर्ने निर्णय समेत गरिएको छ ।