• गृहपृष्ठ
  • केएनपिद्वारा सेमि–इलास्टिक गुणयुक्त माइकामार्बल पेन्टको लन्च

केएनपिद्वारा सेमि–इलास्टिक गुणयुक्त माइकामार्बल पेन्टको लन्च

Sep 25th, 2019

काठमाडौं, ८ असोज
जापानको हेल्थीहोम पेन्ट केएनपिले आफ्नो नयाँ उत्पादन माइका मार्बल एक्स्टिरियर पेन्टलाई नेपाली बजारमा भित्र्याएको छ । यही असोज ८ गते होटल हायात रिजेन्सीमा आयोजित डिलर मिटको अवसर पारेर केएनपिले माइका मार्बल पेन्ट लन्च गरेको थियो । 

सामान्यतया मौसममा हुने परिवर्तनले घरको बाहिरी रंगलाई चर्काउने समस्यालाई मध्यनजर गर्दै केएनपिले नेपालमा इलास्टो टफ प्रविधिद्वारा निर्मित माइका मार्बल पेन्ट ल्याएको जनाएको छ । यस पेन्टमा इलास्टिक जस्तै तन्किने गुण भएकाले यसले घरको बाहिरी पेन्टलाई घाम पानी जस्ता मौसमीय समस्याहरुबाट सुरक्षित राख्दछ । सात वर्षको ग्यारेण्टी रहेको यस पेन्टले घरको बाहिरी सुन्दरतालाई यथावत राखी सुरक्षा समेत प्रदान गर्ने कम्पनीले जनाएको छ ।