• गृहपृष्ठ
  • सिटी एक्सप्रेस मनि ट्रान्सफर र ई–सेवाबिच रेमिटान्स कारोबार सुरु

सिटी एक्सप्रेस मनि ट्रान्सफर र ई–सेवाबिच रेमिटान्स कारोबार सुरु

Sep 25th, 2019

काठमाडौं, ७ असोज 
सिटी एक्सप्रेस मनी ट्रान्सफर र ई–सेवाबिच रेमिटान्स कारोबार सुरु भएको छ । एक कार्यक्रमकाबिच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र ई–सेवाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार ईसेवा प्रयोगकर्ताले आफ्नो ई–सेवामा भएको रकम आफैले सिटी एक्सप्रेसको नेपाल भरी रहेको सात हजार भन्दा बढि एजेन्टहरुमा पठाउन सक्ने कम्पनीले जनाएको छ। यसका साथै  ईसेवाका एजेन्टहरुबाट पनि यो सेवाको लाभ प्राप्त गर्न सक्नेछन् ।

यसका साथै सिटी एक्सप्रेसका सबै एजेन्टहरुबाट आफ्नो ई–सेवा खातामा रकम जम्मा गर्ने सुविधा पनि थप गरिएको छ । नेपालमा डिजिटल च्यानलको प्रयोगको प्रोत्साहनको लागि छिट्टै सिटी एक्सप्रेसको अन्तरराष्ट्रिय एजेन्टहरुबाट पनि सिधै ई–सेवा खातामा रकम जम्मा गर्ने सुविधा सुरु हुनेछ ।

ई–सेवाबाट ग्राहकले मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरुमा शुल्क भुक्तानी गर्न सकिन्छ । ई–सेवामा हाल ५५ वटा बैंक, ६० हजार भन्दा बढी एजेन्ट र २० लाखभन्दा बढि ग्राहकरहेका छन् ।