• गृहपृष्ठ
  • सुस्तायो बिग मर्जर, राष्ट्र बैंकले बुझ्यो बैंकहरुको प्रगति विवरण

सुस्तायो बिग मर्जर, राष्ट्र बैंकले बुझ्यो बैंकहरुको प्रगति विवरण

Sep 25th, 2019

काठमाडौं, ८ असोज 
मौद्रिक नीति आउनु अघि ब्यापक प्रचार प्रसार गरिएको बिग मर्जर अहिले सुस्ताएको छ । बैंकहरुले अहिले यसमा खासै चासो नै दिएका छैनन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउनुअघि असारमा मर्जरमा जान इच्छुक बैंकसँग प्रतिबद्धता पत्र मागेको थियो । मर्जरमा गएवापत कर छुटसहितका सुविधा पाउने आशमा २१ बैंकले उचित साझेदार पाए मर्जर गर्ने प्रतिबद्धता मौद्रिक नीति अगावै जनाए ।  तर मौद्रिक नीति बैंकर्सहरुले आशा गरे अनुसारका सुविधाहरु आएन । त्यहि कारण बैंकहरु अहिले मर्जरका लागि  खासै उत्हासी देखिएका छैनन् ।

मौद्रिक नीतिमा अपेक्षा गरेअनुसार कर छुटसहितका सुविधाका कार्यक्रम नआएपछि वाणिज्य बैंकहरु मर्जरका लागि इच्छुक नदेखिएको स्रोत बताउँछ । बैंकहरुले असार महिनामै मर्जरको प्रतिबद्धता जनाएपनि अहिलेसम्म ग्लोबल आइएमइ र जनता बैंकले आवश्यक प्रक्रिया  नै अघि बढाएका छैनन् । असारमा प्रतिबद्धता जनाएका बैंकले हालै राष्ट्र बैंकमा बुझाएको प्रगति विवरणमा पनि  मर्जरका लागि छलफल गर्न लागेको मात्र उल्लेख छ ।

मर्जरमा सञ्चालक र कर्मचारीको व्यवस्थापन निकै चुनौतीपूर्ण मानिन्छ । सञ्चालन खर्च धेरै भएका तर मुनाफा उल्लेख्यरुपमा बढाउन नसकेका बैंकलाई मर्जरमा जानुपर्ने बाध्यता भएपनि वित्तीय अवस्था राम्रो रहेका बैंक हतारिएका छैनन् ।