• गृहपृष्ठ
  • एक अर्बको “सनराईज फस्ट म्युचुअल फण्ड” निष्काशन

एक अर्बको “सनराईज फस्ट म्युचुअल फण्ड” निष्काशन

Sep 25th, 2019

काठमाडौं, ७ असोज
सनराईज बैंकले एक अर्ब रुपैयाँ बराबरको सनराईज फस्ट म्युचअल फण्डको निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले सनराईज क्यापिटलद्वारा व्यवस्थापन गरिने तथा सनराईज बैंकद्वारा प्रवद्र्धन गरिएको “सनराईज फस्ट म्युचुअल फण्ड” १० वर्षे बन्दमुखी योजनाको  १० रुपैयाँ अकिंत दरको दश करोड इकाई मध्ये १५ प्रतिशत अर्थात एक करोड ५० लाख ईकाई कोष प्रवद्र्धक सनराईज बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी आठ करोड ५० लाख इकाईको भोलि बुधबारदेखि सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

योजना ब्यवस्थापन गर्ने सनराइज क्यापिटलले केयर रेटिङ्ग बाट एएमसी ३ रेटिङ्ग प्राप्त गरेको छ । योजनाको कोष सुपरिवेक्षकमा पूर्व गृहसचिव चण्डी प्रसाद श्रेष्ठ, पूर्व डेपुटी गभर्नर कृष्ण बहादुर मानन्धर, नेपाल टेलिकमका पूर्व प्रबन्ध संचालक बुद्घि प्रसाद आचार्य, वरिष्ठ न्यायधिवक्ता पूर्ण मान शाक्य तथा चार्टड एकाउन्टेण्ट सुधिर कुमार शर्मा गरी पाँच जना विशिष्ठ अनुभव प्राप्त कोष सुपरिवेक्षकहरुको सुपरिवेक्षणमा संचालन हुनेछ ।

योजना ब्यवस्थापकले वृहत अध्ययन तथा विश्लेषणको आधारमा इकाई बिक्रीबाट संकलित रकम दक्षतापूर्वक योजनाले तोकेको लगानी क्षेत्रहरुमा लगानी गरी जोखिमको उचित ब्यवस्थापन गरी उच्च प्रतिफल दिई लगानीकर्ताहरुको लगानीलाई सुनिश्चित गर्नेछ । सनराईज फस्ट म्युचुअल फण्डको प्रक्षेपित औषत वार्षिक प्रतिफल २४ दसमलव २९ प्रतिशत र औषत वार्षिक लाभांश १४ प्रतिशत रहेको छ । 

शेयर बजारमा हुने उतार चढावबाट सिर्जना हुने जोखिमको न्युनिकरणको लागि सामूहिक लगानी कोषको योजनामा लगानी गर्नु उचित रहने योजना ब्यवस्थापकको धारणा रहेको छ । व्यक्तिहरु एवं विभिन्न संस्थाहरुले यस योजनाको इकाईमा लगानी गरि धितोपत्र बजारबाट प्राप्त हुने लाभ लिन सकिने छ । निष्काशन गरिएको इकाईहरु बाँडफाँड गरे पश्चात दोश्रो बजारमा कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडममा सूचिकृत तथा सि.डि.एस. एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गरी कारोबार गर्ने ब्यवस्था गरिने बैंकले जानकारी  दिएको छ ।  

योजनाको इकाई मा आवेदन गर्नका लागिे आफ्नो खाता रहेको बैंक वित्तीय संस्थाबाट आस्वा प्रणाली अन्तर्गत साथै मेरो शेयर अनलाइल प्रणाली मार्फत आवेदन दिन सकिने व्यवस्था छ । उक्त निष्काशनमा आवेदन दिन इच्छुक सर्वसाधारण तथा संघ संस्थाहरुले यही असोज आठ गतेदेखि अन्ति ममिति २०७६ कार्तिक सात गते सम्म आवेदन दिने सक्ने बैंकले जनाएकाे छ ।