• गृहपृष्ठ
  • राष्ट्र बैंकले जलायो ५ अर्ब बराबरको नोट, यस्तो छ कारण

राष्ट्र बैंकले जलायो ५ अर्ब बराबरको नोट, यस्तो छ कारण

Sep 25th, 2019

काठमाडौं, ७ असोज
नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकले ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार ६ सय २४ रुपैयाँ बराबरका नोट जलाएको छ । बैंकले पुराना तथा झुत्रा भएका कारण उक्त परिमाणका नोट जलाएको हो । आर्थिक वर्ष २०७५ र ०७६ सम्ममा यो नोट जलाएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार नोट पुराना भएर जलाउने क्रम बढिरहेको छ ।

राष्ट्र बैंकले सर्वसाधारण, बैंक तथा वित्तीय संस्थाहरूबाट संकलन गरेका १ हजार, ५ सय, १ सय, ५०, २०, १० र ५ दरका पुराना, झुत्रा तथा मैला कागजी नोटहरु र हजारका ५ करोड ३२ लाख ३२ हजार ३८ थान, ५ सयको ३ करोड १६ लाख ४ हजार २ सय ४० थान, २५० रुपैयाँको ३१ थान, सय रुपैयाँको चार करोड १४ लाख ६३ हजार ३ सय ७४ थान, ५० को ४ करोड ५० लाख ४४ हजार ४३ थान नोट नष्ट गरेको हो । प्रयोग गर्न नसकिने अवस्थामा पुगेका तर नम्बर देखिने नोटलाई प्रचलनमा आउन नदिन र त्यसको दुरुपयोग रोक्न टुक्रा पारिएका नोटलाई भट्टीमा राखेर जलाइन्छ ।