• गृहपृष्ठ
  • सेञ्चुरी कमर्सियल बैंकद्धारा खानेपानी फिल्टर वितरण

सेञ्चुरी कमर्सियल बैंकद्धारा खानेपानी फिल्टर वितरण

Sep 25th, 2019

काठमाडौं, ७ असोज 
सेञ्चुरी कमर्सियल बैंकको, पनौती शाखाले विद्यालयलाई खानेपानी फिल्टर वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोक जिल्ला, मेलम्ची  नगरपालिका, वडा नं १०, शिखरपुरमा रहेको श्री शीतला देवी माध्यमिक विद्यालयलाई खानेपानी फिल्टर  वितरण गरेको बैंकले जनाएको छ । 

खानेपानी फिल्टर पनौती शाखाका शाखा प्रबन्धक  हरिकृष्ण दाहालले व्यवस्थापन समितिका अध्यक्ष भोलाप्रसाद आचार्य र प्रधानाध्यापक क्षेत्रप्रसाद अधिकारीलाई संयुतmरुपमा  हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रमको प्रमुख आतिथ्यता स्थानीय समाजसेवी ईश्वर दाहालले गरेका थिए ।