• गृहपृष्ठ
  • केएल टावरको ‘रमाइलो दशैं तिहार’उपहार योजना, बैंकक ट्रिपदेखि मोटरसाइकल उपहार

केएल टावरको ‘रमाइलो दशैं तिहार’उपहार योजना, बैंकक ट्रिपदेखि मोटरसाइकल उपहार

Sep 23rd, 2019

काठमाडौं, ६ असोज 
केएल टावरले दशैं तिहारका लागि उपहारै उपहार सहितको ’रमाइलो दशैं तिहार’ उपहार योजना सुरु गरेको छ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने आयोजकले जनाएको छ ।  केएल टावरका अनुसार दैनिक उपहार योजना अन्तर्गत हरेक दिन एक जोडीलाई एफक्युब सिनेमाको टिकट, एक हजार रुपैयाँ बराबरको शपिङ भौचरका साथै आकर्षक उपहारहरु उपलब्ध गराइने छ भने साप्ताहिक रुपमा गोयनका ब्राण्डको रेफ्रिजिरेटर, वासिङ मेशिन, एलईडी टेलिभिज, आईरन, हिटर, भ्याकुम क्लिनर लगायतका घरायसी सामग्री उपलब्ध गराइनेछ । 

बम्पर उपहारमा प्रथम उपहार स्वरुप एक जनालाई यामाहाको एफजेड एसएफआई भीथ्री मोटरसाइकल बितरण गरिने मेला संयोजक हीरामणी तिमिल्सिनाले बताए । दोस्रो उपहार स्वरुप यामाहा कै रे जेड आर स्कूटर बितरण गरिनेछ भने तेस्रो उपहार स्वरुप एक जनालाई ४ रात ५ दिनको बैंकक भ्रमणको प्याकेज उपलब्ध गराइनेछ । सान्तवना उपहार स्वरुप टाइमेक्सको घडी एक जनालाई बितरण गरिनेछ । 

उपहार योजनामा सहभागि हुनका लागि कम्तीमा एक हजार रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्ने हुन्छ । हजार वा सोभन्दा बढीको सामान खरिद गरे पछि उपभोक्तालाई कुपन उपलब्ध गराइने छ । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिने मेला संयोजक तिमल्सिनाले जानकारी दिए । 

चाडपर्वका बेला उपभोक्तालाई प्रोत्साहित गर्ने उद्धेश्यका साथ टावरले उपहार योजना सुरु गरेको हो । असोज १ गतेदेखि सुरु भएको उपहार योजना कात्तिक २५ गतेसम्म चल्नेछ । टावरमा पचास वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा एफक्युव सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुम लगायतका पसल सञ्चालनमा छन् ।