• गृहपृष्ठ
  • नेपाल श्रीलंका चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रीजको अध्यक्षमा मर्हजन

नेपाल श्रीलंका चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रीजको अध्यक्षमा मर्हजन

Sep 23rd, 2019

काठमाडौं, ६ असोज
नेपाल श्रीलंका चेम्बर अफकमर्स एण्ड ईण्डष्ट्रीज को १३औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा रमेश महर्जन सर्बसम्मत चयन भएका छन् । सभाले ईण्डष्ट्रीजको विशिष्ठ सदस्यमा राजेश काजी श्रेष्ठ, उपाध्यक्षमा विजय श्रेष्ठ, सचिवमा रामराजा आचार्य र कोषाध्यक्षमा डा.हरिश जोशीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा अनुजमणि तिमल्सिना, युगेश भक्तबादे श्रेष्ठ, मनिष राजभण्डारी, दिपक महर्जन, शिबकुमार अग्रवाल, बिध्या  सागर ताम्राकार, विधाता श्रेष्ठ, सुधिर प्रधानाङ्ग, राजेश शाक्य, रिजु महर्जन, भिक्षु सागर धम्म र नबिन महर्जन चयन गरेको हो ।  

। संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री राज्यमन्त्री धनबहादुर बुढाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको थियो । कार्यक्रममा नेपालका लागि श्रीलंका राजदूत स्वर्ण परेराको समेत उपस्थिति रहेको थियो । उनको ३ वर्षे कार्यकाल नेपालश्रीलंका चेम्बर अफकमर्स एण्ड ईण्डष्ट्रीजको इतिहासमा सवर्ण रहेको र उनलाई यस संघको संरक्षकको रुपमा राखिएको अध्यक्ष रमेश महर्जनले बताए ।

सो अवसरमा राजदूत परेराको योगदानको चर्चा गर्दै सम्मानसँगै बिदाइ कार्यक्रम सम्पन्न भएको संघले जनाएको छ । कार्यक्रममा नेपाल चेम्बर अफकमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल र श्रीलंका बिचको ब्यापार त्यति सोचे अनुसार नभएकोले कसरी व्यापार अभिवृद्धि गर्न सकिन्छ त्यतातर्फ लाग्न व्यवशायीलाई आग्रह गरेका छन् । आज वर्षको ७० हजार श्रीलंकन पर्यटक नेपालको लुम्बिनी भ्रमण आएपनि उनीहरुको बसाई अवधि लम्ब्याउन नसक्दा त्यसको फाइदा छिमेकी मुलुकले लिएको उनले बताए । 

नेपाल र श्रीलंकाबिच सिधाहवाई उडान हुनुपर्ने  र त्यसका लागि सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । राजदूत परेराले दुबै देशको व्यापार अभिवृद्धिका लागि सहयोग गर्न आफू सधैं लागि पर्ने बताए ।