• गृहपृष्ठ
  • दराजले अब गाडी पनि बेच्ने, टिभीएस मोटरसाइकल तथा स्कूटरहरुमा आकर्षक अफरहरु

दराजले अब गाडी पनि बेच्ने, टिभीएस मोटरसाइकल तथा स्कूटरहरुमा आकर्षक अफरहरु

Sep 23rd, 2019

काठमाडौं, ६ असोज 
दशैंको अवसर पारी दराजले अब गाडीहरु पनि बेच्ने घोशणा गरेको छ । सिप्रदी ट्रेडिङ्गसँग मिलि दराजले सबै भन्दा सुपथ मूल्यमा नेपाल भरि टाटा टियागो गाडी बेच्ने भएको हो । गाडी किन्न खोज्नु भएको अथवा अपग्रेड गर्न खोज्नु भएको ग्राहकहरुले दराजमा अब राम्रो डिलहरु पाई टाटा टियागोका विभिन्न मोडेलहरु किन्न सक्ने दराजले जनाएको छ । दराजमा यसको सुरुवाती मूल्य २०,९५,००० रुपैयाँ रहेको छ।

यस बाहेक, नयाँ साल देखि मोटरसाइकलहरु पनि राम्रो सँग बिक्रि भैरहेकोले दराजले टिभीएससँग मिलि टिभीएस मोटरसाइकल तथा स्कूटरहरुमा आकर्षक अफरहरु पनि लिएर आएको छ ।  यस अभियान अन्तर्गत, उपभोक्ताहरुले टिभिएस अपाचे आरटिआर १८० २ भि सँग ३२ इन्च को टीभी सित्तैमा पाउनेछन् भने टिभिएस अपाचे आरआर ३१० मा २५,००० को महा छूट पनि पाउनेछन् । त्यसको माथि, उपभोक्ताहरुले टिभीएसको अन्य मोटरसाइकल तथा स्कूटरहरुमा सित्तैमा हेल्मेट, पन्जा, तथा कभर पनि पाउने छन् । 

दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भन्नुभयो, “घरायसी सामान देखि मोटरसाइकल तथा कपडादेखि गाडी सम्म गरेर दराजले नेपाल को इकमर्स मार्केटमा ठूलो परिवर्तन गरिरहेको छ । हामी जहिले पनि धेरै भन्दा धेरै विभिन्न प्रकारका बिक्रेताहरुलाई लाखौं उपभोक्ताहरु सामु लिएर आउने प्रयासमा निरन्तर लागिरहेका छौं । त्यसैले हामीले अब गाडीहरु पनि बिक्रिमा लिएर आउने भएका हौं । दशैं भनेको मोटरसाइकल तथा गाडी किन्नको लागि सहि समय हो र दराजले लिएर आएका अफरहरुको फाइदा उठाई उपभोक्ताहरुले सबैभन्दा राम्रो डिल पाउनेछन् ।”

दराज दशैं धमाका
यो अभियान यहि भदौ २९ देखि सुरु भएको हो । यस अभियान अन्तर्गत उपभोक्ताहरुले ६०५ सम्मको छूट भएको मेगा डिल्स, दशैं दक्षिणा मिस्ट्री बक्स कलेक्टिबल भाउचरहरु, गेम जोन, तथा अन्य धेरै आकर्षणहरुको लाभ उठाउन सक्ने छन्। साथै उपभोक्ताहरुले नविल, स्ट्यान्डर्ड चार्टड, सानिमा, र मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २०५ रुपैयाँ अथवा २५०० सम्मको छूट पाउनेछन् । यो अभियान यहि असोज १३ गते सम्पन्न हुने छ । साथै काठमाडौं उपत्यका बाहिर बस्ने उपभोक्ताहरुले यहि असोज ८ बुधवार सम्म सबै अर्डरहरु गरिसक्नु पर्ने कम्पनीले जनाएको छ ।