• गृहपृष्ठ
  • कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा सम्पन्न

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा सम्पन्न

Sep 23rd, 2019

काठमाडौं, ६ असोज
कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा सम्पन्न भएको छ । बैंकले ललितपुर उद्योग वाँणिज्य संघसँग मिलरेर भिजिट नेपाल २०२० लाई सफल पार्न निजी क्षेत्रको पुर्व तयारीको रुपमा ललितपुर जिल्लामा अवस्थित नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान एवं प्रचारप्रसारको अभिप्रायका साथ १९ कि.मि.को वार्मअप वाकाथन सम्पन्न गरेको हो ।

कुमारी बैंक मुख्य–प्रायोजक रहेको यस पदयात्राको उद्देश्य भूकम्पले क्षतबिक्षत् भएको भीमसेन मन्दिर पुनर्निर्माण कोष संकलन थियो । “हाम्रो सम्पदा, हामी आफै बनाऔं” भन्ने महान् अभिलाषा सहित स्थापना कालदेखि नै सम्पदा संरक्षण र सम्बद्र्धनमा सदा सदैव अग्रणी भूमिका खेल्दै आएकोे ललितपुर उद्योग वाणिज्य संघले पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपुर्ण दरवार स्क्वायर अवस्थित व्यवसायीहरुको आराध्यदेबको रुपमा पुजिँदै आएको भिमसेन मन्दिरको पुनर्निर्माणमा नेतृत्वदायी भूमिका बहन गर्दै मन्दिरको पुनर्निर्माणको कार्यको थालनी गरेको छ ।

यहि आउँदो आश्विन चार गते पाटन दरबारस्क्वायर क्षेत्रबाट शुरु भई ग्वार्काे, इमाडोल, सानागाँउ, लुभू, हरिसिद्धि, धापाखेल, सुनाकोठि, बुंगमति हुदै उक्त पदयात्रा ललितपुरको खोकनामा पुगेर सम्पन्न भएको बैंकले जानकारी दिएको छ ।  

यस पदयात्राको उद्देश्य स्थानिय तबरबाट भिजिट नेपाल २०२० लाई सफल पार्न आवश्यक पूर्वाधारहरुको पहिचान गर्दै सोको प्रवद्र्धन र प्रचार प्रसार गर्नु रहेको थियो । जोश, उमङ्ग तथा हर्षोल्लासका साथ सम्पन्न सो पदयात्रामा सहभागीबाट लगभग नेपाली रूपैयाँ बाह्र लाख भीमसेन मन्दिर पुनर्निर्माण कोषमा सङ्कलन  भएको ललितपुर वाणिज्य महासंघको भनाई रहेको छ ।