• गृहपृष्ठ
  • मेगा बैंकद्वारा बालबालिकालाई खाद्यान्न सहयोग

मेगा बैंकद्वारा बालबालिकालाई खाद्यान्न सहयोग

Sep 23rd, 2019

काठमाडौं, ६ असोज
मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको बुढानिलकण्ठस्थित फुड फर लाइफ नेपालमार्फत बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकले फुड फर लाइफ नेपाललाई १५ दिनका लागि पुग्ने चामल, नुन, तेलसहित विभिन्न प्रकारका खाद्य सामाग्रीहरु सहयोग गरेको हो । 

फुड फर नेपालले सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई नियमित रुपमा आफैँले पकाएर खाजा सहयोग गर्दै आएको छ । सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएका विपन्न परिवारका बालबालिकालाई खाजा खानबाट बञ्चित हुन नपरोस् र त्यसले गर्दा पढाईमा कुनै असर नहोस् भन्ने उद्देश्यले मेगा बैंकले फुड फर लाइफ नेपालमार्फत बालबालिकाका लागि खाद्यान्न सहयोग गरेको हो । 

ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधा प्रदान गर्दै आएको मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमार्फत असहाय तथा विपन्न वर्गका बालिबालिकाको शिक्षाका लागि पनि सहयोग गर्दै आएको र अहिले बैंकका १०२ शाखामार्फत १÷१ जना बालिकालाई पनि छात्रवृत्ति प्रदान गर्दै आएको बैंकले जनाएको छ ।