• गृहपृष्ठ
  • सिटिजन्स् बैंकद्वारा नशा रहित समाज नेपाललाई आर्थिक सहयोग

सिटिजन्स् बैंकद्वारा नशा रहित समाज नेपाललाई आर्थिक सहयोग

Sep 23rd, 2019

काठमाडौं, ६ असोज 
सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेडले लागुऔषधको दुर्व्यसनमा परेका व्यक्तिहरुलाई कुलतबाट छुट्कारा गराउने कार्यमा अहोरात्र काम गर्दै आएको नशा रहित समाज नेपाललाई आर्थिक सहयोग गरेको छ । बैकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत समाजलाई एक लाख एक हजार रुपैयाँ रकम सहयोग गरेको हो । नशा रहित समाज नेपालको कार्यालय बडिखेलमा आयोजित एक कार्यक्रमकाबिच बैंकले एक लाख एक हजार रुपैयाँ बराबरको चेक संस्थाका संचालक सोनाम शेर्पालाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ । 

लागूऔषध प्रयोगकर्तामा मनोवल र आत्मबल अभिवृद्धि गरी लागू पदार्थप्रति वितृष्णा उत्पन्न गराउने, लागू पदार्थको कूप्रभावबारे जनजागरण कार्यक्रम संचालन गरी लागूऔषध प्रयोगकर्ताको कारणबाट उत्पिडित समाजलाई राहत दिलाउने, लागूऔषध प्रयोगकर्ताहरूलाई उपचार गरि परिवार र समाजमा पुनःस्थापना गर्ने, सीप मूलककार्यमा सहभागि गराई स्वावलम्बी बन्न सिकाउने, लागू औषध प्रयोगबाट श्रृजना हुने रोगहरूवारे सजग गराउने र अकाल मृत्युबाट बचाउने जस्ता कार्यमा कटिबद्ध भएर लागेको सुधार गृहमा हाल २४ जना लागूऔषध दुर्वयसनमा फसेका युवाहरू उपचारको क्रममा रहेका छन् ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।